IME Life New

राष्ट्र बैंकबाट दुई लघुवित्तले पाए मर्जरको लागि सैद्धान्तिक स्वीकृति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तलाई मर्जरको लागि सैद्धान्तिक स्वीकृति दिएको छ । राष्ट्र बैंकले पुस १७ गते दुई संस्थालाई मर्जरको लागि सैद्धान्तिक स्वीकृति दिएको हो।

अब दुवै संस्थाले साधारण सभा गर्ने बाटो गत भदौ ३१ गते २ संस्थाबीच मर्जर सम्झौतामा हस्ताक्षर भएको थियो । १००ः८७ को स्वापमा २ संस्था मर्ज हुने प्रारम्भिक समझदारी भएको थियो । अर्थात् आरएमडिसी लघुवित्तको हाल १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता शेयर पाउनेछन्।

Esewa
Crest

मर्जर पछि बन्ने कम्पनीको नाम साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमीटेड कायम हुने भएको छ। मर्जरपछि बन्ने संचालक समितिमा दुबै संस्थाका संस्थापक समूहबाट २ /२ जना, सर्वसाधारण समूहबाट १/१ जना हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS