IME Life New

राष्ट्रिय वाणिज्य बैंक र उपेन्द्र देवकोटा मेमोरियलबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र उपेन्द्र देवकोटा मेमोरियल नेशनल ईष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साईन्सेस् अस्पताल, बाँसवारी बीच अस्पतालका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङ्गले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

उक्त सम्झौता अस्पतालमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरुलाई अस्पतालको सिफारिसमा अधिकतम पन्ध्र लाख रुपैंया सम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्नेछ ।

बैंकले आधार दरमा प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ८.६० प्रतिशत रहेको छ । सम्झौता अनुसार अस्पतालका कर्मचारीहरुको तलबी खाता बैंकले सञ्चालन गर्नेछ । यस सम्झौता पश्चात दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।

कार्यक्रममा अस्पतालकी कार्यकारी अध्यक्ष प्रा डा मधु दिक्षित, बैंकका उपकार्यकारी अधिकृतहरु विमल डंगोल, पवन रेग्मी र विनयरमण पौडेल, विभागीय प्रमुखहरु आनन्द सुवेदी र अच्युत गौतम, प्रबन्धक सरोज कोइराला, अस्पतालका तर्फबाट प्रशासन प्रमुख विद्याकर अधिकारी लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS