IME Life New

राष्ट्रिय वाणिज्य बैंकले प्रहरी प्रधान कार्यालयमा संचालनमा ल्यायो ६४औँ एक्सटेन्सन काउन्टर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले प्रहरी प्रधान कार्यालय नक्साल परिसरमा ६४औँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एक समारोहकाबीच एक्सटेन्सन काउन्टरको मंगलबार उद्घाटन गरेका हुन्। शाखा कार्यालय नक्सालमा रहने उक्त एक्सटेन्सन काउन्टरबाट नगद तथा चेक जम्मा, चेक भुक्तानी, स्टेटमेन्ट, मोबाइल बैंकिङ सेवा, एटीएम सेवालगायतको रकम जम्मा गर्न सक्नेछन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी र बैंकबीचको लामो समयदेखिको सहकार्यको प्रशंसा गर्दै एक्सटेन्सन काउन्टरबाट प्रहरीहरुलाई बैंकिङ सेवा लिन थप सहज हुने बताए। बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सबै ग्राहकले सेवा लिन सकिने एक्सटेन्सन काउन्टरबाट धेरै प्रकारका बैंकिङ सेवा दिने बताउँदै नेपाल प्रहरीसँगको सहकार्यका लागि आभार व्यक्त गरे। बैंकको बेसरेट सस्तो भएकाले कर्जाको ब्याजदर कम भएको उल्लेख गर्दै उनले प्रविधिमा आधारित सेवालाई बैंकले जोड दिएको बताए।

Esewa
Crest

उपकार्यकारी अधिकृत पवन रेग्मीद्वारा स्वागत मन्तव्य राखिएको कार्यक्रम ब्रान्च अपरेसन विभागका विभागीय प्रमुख आनन्द सुवेदीले सञ्चालन गरेका थिए। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु डा. आशा सिंह, टेकप्रसाद राई, दीपक थापा, सुदीप गिरी, टेकबहादुर तामाङ, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, उपकार्यकारी अधिकृतहरु, बागमती प्रादेशिक कार्यालयका प्रबन्धक, शाखा कार्यालय नक्सालका शाखा प्रबन्धकलगायत वरिष्ठ प्रहरी अधिकृतहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति थियो।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २७२ वटा शाखा कार्यालय, ६४ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ, क्यूआर कोड सेवा, पीएसओ (प्वइन्ट अफ सेल), क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोबाइल बैंकिङ तथा बिना इन्टरनेट चल्ने यूएसएसडी मोबाइल बैंकिङका सेवाहरुसमेत सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS