IME Life New

राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले ॐ हस्पिटलमा आकर्षक छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र चाबहिलस्थित ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिबीच बैंकका डेबिट–क्रेडिट कार्डहोल्डरहरुलाई हस्पिटलमा उपचार गर्दा विशेष छुट दिने सम्बन्धमा सोमबार सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौता भएपश्चात बैंकका डेबिट/क्रेडिट कार्ड भएका ग्राहक तथा बैंकका कर्मचारी र कर्मचारीका परिवारलाई हस्पिटलको ओपीडी सेवा, बेड भर्ना, ल्याब टेस्ट, अपरेशन, प्याथोलोजी, फार्मेसी, विभिन्न टेस्ट, डेन्टल सेवालगायतको अन्य उपचार सेवामा विशेष छुट दिने ब्यवस्था मिलाइएको छ।

Esewa
Crest

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पुरानो र प्रतिष्ठित ॐ हस्पिटलमा बैंकका कार्डहोल्डर ग्राहकले उपचारमा छुट पाउनु सकारात्मक भएको बताए। उनले दुवै संस्थाले एक–अर्कामा आफ्नो सेवा सहुलित दरमा उपलब्ध गराउन सकिने सम्भावना रहेको बताए।

हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको ॐ हस्पिटलले एकै छानामुनी आकस्मिक उपचारदेखि सघन उपचार अनि पेन मेडिसिनलगायत अन्य ३७ वटा भन्दा बढी विषयहरुमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आइरहेको र सो सेवा राष्ट्रिय वाणिज्य बैंकसँग सहकार्य गरी अगाडि बढ्न पाउँदा खुसी लागेको बताए।

समारोहमा हस्पिटलका बिजनेस डेभलपमेन्ट म्यानेजर विनोद अधिकारी, बैंकका उपकार्यकारी अधिकृतहरु विमल डंगोल, दुर्गाकुमारी कँडेल, विभागीय प्रमुखहरु आनन्द सुवेदी, अच्युत गौतम, वरिष्ठ प्रबन्धक गगनसिंह घिमिरे, प्रबन्धक हेमन्त जि.सी. प्रबन्धक राजेश मानन्धर, सहायक प्रबन्धक ईश्वर उप्रेतीको उपस्थिति थियो।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS