IME Life New

राष्ट्रिय वाणिज्य बैंकका ऋणीहरुले ब्याज भुक्तानी गर्दा ५% छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत रकम सम्पूर्ण ऋणीहरुलाई छुट दिने निर्णय गरेको छ । राष्ट्रको व्यवसायीक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै बैंकले २०८० असार १ गतेदेखि ३१ गतेसम्म सबै प्रकारको ऋणमा छुट दिने भएको हो।

बैंकका अनुसार ब्याज जुनसुकै प्रकारको कर्जाको वर्गीकरण (असल,सुक्ष्म निगरानी,कमसल, शंकास्पद,खराब) वा जतिसुकै अवधिको ओभरड्यू नर्मल तथा पेनल ब्याजको आंशिक वा पूरा भुक्तानीमा समेत छुट दिइने भएको छ । यसैगरी, ब्याज छुट रकम सम्बन्धित ऋणीको खातामा फिर्ता जम्मा गरिने पनि बैंकले जनाएको छ ।

Esewa
Crest

हालसम्म बैंकले ७७ जिल्लाका सबै सदरमुकाम सहित २७२ वटा शाखा कार्यालय,५४ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग,क्यूआर कोड सेवा, पीओएस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपीएस, स्मार्ट क्यूआर टेलर, ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग आरबीबी डिजिटल संसार तथा बिना ईन्टरनेट चल्ने यूएसएसडि बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%
happy

खुसी

6%
sad

दु :खी

18%
amazed

अचम्मित

6%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS