IME Life New

राष्ट्रिय बीमा कम्पनीकाे सिइओकाे कार्यकक्षमा कालाेपट्टी, चरणबद्ध हड्तालमा उत्रिए कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । सरकारी स्वामित्वकाे निर्जीवन बीमक राष्ट्रिय बीमा कम्पनीका कर्मचारी आन्दाेलनमा छन् । सञ्चालक समिति र कर्मचारी स‌ंघबीच भएकाे सहमति कार्यान्वयन नभएकाे विराेधमा कर्मचारीहरू चरणबद्ध आन्दाेलनमा उत्रिएका हुन् ।

राष्ट्रिय बीमा कम्पनीका आन्दाेलनरत कर्मचारीले प्रमुख कार्यकारी अधिकृत शेखर बरालकाे कार्यकक्षमा कालाेपट्टी बाँधेर विराेध जनाएका छन् । आन्दाेलनरत कर्मचारीहरु हातमा कालाेपट्टी बाँधेरै विराेध प्रदर्शन गरिरहेका छन् । कर्मचारी यूनियनकाे आन्दाेलनका कारण प्रमुख कार्यकारी अधिकृत बरालले काम गर्न पाएका छैनन् । कर्मचारी विनियमावलीकाे प्रावधानहरूकाे पूर्ण कार्यान्वयन गर्नुपर्ने माग राख्दै नेपाल वित्तीय स‌ंस्था कर्मचारी संघ र राष्ट्रिय बीमा कम्पनी कर्मचारी संघले संयुक्तरूपमा चरणबद्ध आन्दाेलन शुरु गरेकाे हाे ।

Esewa
Crest

२०७९ असाेज ४ गते माग पत्र पेश गरेकाेमा  माग पुरा नभएपछि २०७९ कात्तिक २८ गते २१ दिने अल्टिमेटम दिएकाे थियाे । कर्मचारी युनियनकाे स‌ंयुक्त माग पत्रकाे सम्बन्धमा सञ्चालक समितिकाे २०७९ मंसिर १८ गतेकाे निर्णय अनुसार गठित उपसमितिले सिफारिश गरेकाे सुझाव २०८० साउन १ गतेबाट पूर्ण कार्यान्वयनमा ल्याउने सहमति भएपनि कार्यान्वयनमा व्यवस्थापनले चासाे नराखेकाे भन्दै कर्मचारीले असन्तुष्टी जनाएका छन् ।

सात दिने आन्दाेलनकाे पहिलाे चरण शनिबारबाट पुरा हुँदैछ। व्यवस्थापन पक्षले चासाे नराखे आइतबारदेखि दाेश्राे चरणकाे आन्दाेलन शुरु गर्ने चेतावनी यूनियनले दिएकाे छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%
happy

खुसी

0%
sad

दु :खी

60%
amazed

अचम्मित

0%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS