IME Life New

रायमाझीले प्रस्तावक नपाएपछि खत्री बने एक्लो उम्मेदवार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नागरिक लगानी कोषको आसन्न वार्षिक साधारण सभाबाट चुनिने सञ्चालक पदका लागि भएको मनोनयनमा सुरेश प्रसाद खत्रीको एक्लो उम्मेदवार दर्ता भएको छ।

कोषको साधारण सभाबाट सञ्चालक समितिमा अन्य बैंक तथा वित्तीय संस्थाको कोटाबाट एकजना सञ्चालक निर्वाचित हुनेछन्। कोषको सञ्चालक पदमा गैरकानूनीरुपमा नेपाल लाईफ इन्स्योरेन्सका सञ्चालक कमलेश अग्रवालले वर्षौदेखि निरन्तरता पाएको तथ्य इन्स्योरेन्स खबरले प्रकाशमा ल्याइएपछि उनलाई कोषको सञ्चालक समिति सदस्यबाट पदमुक्त गरिएको थियो।

Esewa
Crest

खत्री नेशनल लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् । खत्रीसँग प्रतिस्पर्धा गर्नका लागि नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझीले नेपाल बैंक लगायतबाट प्रोक्सी जुटाए पनि तोकिएको समयावधिभित्र विधि सम्मतरुपमा उम्मेदवारी मनोनयन गर्न नसक्दा खत्रीका लागि बाटो खुलेको हो। रायमाझीले प्रस्तावक समर्थकमा अन्य कम्पनीको सहमति जुटाउनुपर्नेमा‌ आफू प्रतिनिधित्व गर्ने नेपाल पुनर्बीमाकै कम्पनी सचिवको सिफारिश पेश गरेपछि उनको उम्मेदवारी अस्वीकृत हुन पुगेको हो।

खत्रीको एक्लो उम्मेदवारी परेकाले आइतबार कोषको प्रधान कार्यालयमा हुने साधारण सभाबाट उनी निर्विरोध निर्वाचित हुने भएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS