IME Life New

यूनियन लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ७२ रुपैयाँसम्म बोनस पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७६/२०७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भई कम्पनीले संचालनमा ल्याएको मुनाफामा सरिक हुने (बोनस आर्जित गर्ने) गरी जारी गरिएको जीवन बीमालेखहरुमा उक्त बोनशदर कायम हुने गरी सार्वजनिक गरेको हो । कम्पनीले न्युनतम प्रति हजार २० रुपैयाँदेखि अधिकतम ७२  रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।

सावधिक तथा बालबच्चा सावाधिक जीवन बीमा योजना
कम्पनीले यस बीमालेखमा ३० रुपैयाँदेखि ७० रुपैयाँसम्मको बोनसदर दिने भएको छ । कम्पनीको सावधिक तथा बालबच्चा सावाधिक जीवन बीमा योजनामा ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३० रुपैयाँ निर्धारण गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि ३३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३६ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ३९ रुपैयाँ, बोनसदर कायम भएको छ भने यसै पोलिसीको २५ वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ७० रुपैयाँ कायम भएको छ ।

Esewa
Crest

सिमित भुक्तानी सावधिक जीवन बीमा योजना(एकल)
सिमित भुक्तानी सावधिक जीवन बीमा योजना(एकल)को हकमा कम्पनीले न्युनतम २७ रुपैयाँदेखि ४० रुपैयाँसम्म बोनसदर कामय गरेको छ । १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार २७ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि प्रति हजार २९ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३२ रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिका लागि प्रति हजार ४० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

सिमित भुक्तानी सावधिक जीवन बीमा योजना
सिमित भुक्तानी सावधिक जीवन बीमा योजनाको हकमा पनि कम्पनीले न्युनतम ३० रुपैयाँदेखि ४० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले १० देखि १४ वर्ष अवधिको लागि पनि प्रति हजार ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ७० रुपैयाँ बोनसदर कायम गरेको छ ।

सावाधिक तथा आजीवन जीवन बीमा योजना
कम्पनीको सावाधिक तथा आजीवन जीवन बीमा योजनाको हकमा ९ वर्ष अवधिसम्मको लागि प्रति हजार ४२ रुपैयाँ बोनस कायम भएको छ । त्यस्तै, १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि प्रति हजार ४२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ४७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५२ रुपैयाँ बोनसदर कायम भएको छ । त्यसैगरी २५ वर्ष वा सो भन्दा बढी अवधिको लागि प्रति हजार ७२ रुपैयाँ बोनसदर कायम गरेको छ ।

सिमित भुक्तानी सावाधिक तथा आजीवन जीवन बीमा योजना
सिमित भुक्तानी सावाधिक तथा आजीवन जीवन बीमा योजनाको हकमा ९ वर्ष अवधिसम्मको लागि प्रति हजार ५० रुपैयाँ बोनस कायम भएको छ । त्यस्तै, १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि प्रति हजार ५० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५० रुपैयाँ बोनसदर कायम भएको छ । त्यसैगरी २५ वर्ष वा सो भन्दा बढी अवधिको लागि प्रति हजार ५० रुपैयाँ बोनसदर कायम गरेको छ ।

वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना
वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजनाको हकमा ९ वर्ष अवधिसम्मको लागि प्रति हजार २० रुपैयाँ बोनस कायम भएको छ । त्यस्तै, १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि प्रति हजार २३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार २८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार २८ रुपैयाँ बोनसदर कायम भएको छ ।

अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजना
अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजनाको हकमा १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि प्रति हजार २५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार २८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ३१ रुपैयाँ बोनसदर कायम भएको छ । त्यस्तै, २५ वर्ष वा सो भन्दा बढी अवधिको लागि प्रति हजार ४० रुपैयाँ बोनसदर कायम भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS