IME Life New

युनियन लाईफ इन्स्योरेन्सको लोभ लाग्दो प्रगति, ९ महिनाको प्रथम शुल्क ८६ करोड भन्दा माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

गत आर्थिक वर्षको असोज ६ गतेबाट व्यावसायिक रुपमा कारोबार सञ्चालन गरेको जीवन बीमा कम्पनी युनियन लाईफ इन्स्योरेन्सले छोटो समयमा नै निकै राम्रो व्यवसाय गर्न सफल भएको छ। कम्पनीले गत आर्थिक वर्षको करिब ९ महिनाको संचालन अबधिमा ८६ करोड ५० लाख ५६ हजार प्रथम बिमा शुल्क आर्जन गर्न सफल भएको छ। सोहि अबधिमा कम्पनीले ९ करोड ३५ लाख खुद मुनाफा गर्न सफल भएको छ, तर जीवन बीमा कम्पनीहरुको बिमंकीय मुल्यांकन नगर्दा सम्म यो मुनाफा नै अन्तिम भने होइन।

कम्पनीले सार्बजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको दिर्गकालिन लगानी तथा कर्जा ७२ करोड ४९ लाख पुगेको छ, भने बिमालेख धितोमा दिने कर्जाको रकम ७ करोड ३३ लाख भन्दा माथि छ । समीक्षा अबधिमा कम्पनीले एकल भुक्तानी जीवन बीमा बापत सबैभन्दा धेरै १४ करोड ७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

Esewa
Crest

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमशिकमा मात्र ३७ करोड ८१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको जनाएको छ । कम्पनीले ९ महिनाको संचालन अबधिमा ६९ हजार ५ सय ९० ओटा बीमालेख जारी गरेको छ, कम्पनीले संचालनको अबधि देखि अहिले सम्म ९ ओटा बीमालेख मार्फत ९८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

जीवन बीमा ब्यवसायको माध्यमबाट देशभर छरिएर रहेकोे आर्थिक श्रोत र साधनलाई जीवनबीमा शुल्कका रुपमा संकलन गरी देशको आर्थिक बिकासमा योगदान पुर्याउने र समग्र नेपालीहरुको आर्थिक जीवनस्तर सुदृढ तुल्याउने अभिप्रायले स्थापित यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी हाल एक अर्ब ५० करोड रहेको छ, कम्पनीले सर्बसाधारणका लागि छट्याईएको ६४ करोड रुपैयाँ बराबरको साधारण सेयर निश्काशन गरि चुक्ता पुंजी २ अर्ब १५ करोड पुर्‍याउने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS