IME Life New

बजार विस्तारमा मात्र नभएर दाबी-भुक्तानी प्रक्रियामा पनि आक्रामक युनियन लाइफ इन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ फाल्गुन १३, आक्रामक बजारीकरणमा लागेको युनियन लाइफ इन्स्योरेन्स बजार विस्तारमा मात्र आक्रामक नभएर दाबी-भुक्तानी प्रक्रियामा पनि छिटो-छरितो देखिन थालेको छ।

युनियन लाइफ इन्स्योरेन्सले पहिलो पटक पौष महिनामा बैदेशिक रोजगारको लागि बैदेशिक रोजगार म्यादी जीवन बीमा गर्ने बीमित धादिंगका मित्र बहादुर अधिकारीको परिवारलाई १३ लाख रुपैयाँ मृत्युदावी वापतको भुक्तानी गरेको थियो भने अर्को दाबी-भुक्तानी फाल्गुनको दोश्रो साता बैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका संजय महतो कोइरीको परिवारलाई भुक्तान गरेको कम्पनीले जानकारी दिएको छ। कम्पनीले बैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका संजय महतो कोइरीका पिता श्री इन्डल महतो कोइरीलाई १४ लाखको चेक हस्तान्तरण गरेको छ ।

Esewa
Crest

सो मृत्युदाबी वापतको रकम हस्तान्तरण गर्दै प्रमुख कार्यकारी अधिकृत कर्णले दावी भुक्तानी सहज रुपमा उपलब्ध गराउन कम्पनीले विशेष ध्यान दिएको बताए। छिटो छरितो सेवा र सरल सेवा सुबिधानै यूनियन लाईफ इन्स्योरेन्सको फरक पहिचान र ग्राहकले बिश्वाश गर्ने आधार रहेको जानकारी कम्पनीले जनाएको छ ।

युनियन लाइफले जीवन बीमा व्यवसाय सुरु गरेपछि ५ करोड ४८ लाख रुपैयाँ नाफा गरेको छ,कम्पनीले पुस मसान्त सम्ममा २२ हजार १ सय ७९ वटा बीमालेख बिक्री गरी २५ करोड ४३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। कम्पनीको चुक्ता पूँजी एक अर्ब ५० करोड रुपैयाँ छ भने जगेडा कोषमा ६ करोड १८ लाख रुपैयाँ जम्मा भएको छ।

जीबन बीमा क्षेत्रमा योजनाबद्ध र बृहत सोच सहित व्यवसाय प्रारम्भ गरेको युनियन लाइफ इन्स्योरेन्स नेपालका प्रतिष्ठित ब्यापारिक घरानाहरु जगदम्बा ग्रुप, गोल्छा ग्रुप, न्यौपाने ग्रुप, टिवडेवाल ग्रुप, गाडिया ग्रुप, राजेश हार्डवेयरद्वारा प्रबर्दित उदयमान जीवन बिमा कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS