IME Life New

युनियन लाइफ इन्स्योरेन्स र सिद्धार्थ बैंक बीच बैंकास्योरेन्स सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: पछिल्लो समयमा आक्रामक जिबन बीमा ब्यबसाय गर्न सफल युनियन लाइफ इन्स्योरेन्स र सिद्धार्थ बैंक बीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्याल र युनियन लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात युनियन लाइफमा जीवन बीमा गर्ने ग्राहकहरुले आवश्यक जीवन बीमा सम्बन्धी सेवाहरु सिद्धार्थ बैंकको सम्पूर्ण शाखाहरुबाट प्राप्त गर्न सक्नेछन् ।

Esewa
Crest

साथै नविकरण प्रिमियम तथा जीवन बीमाको प्रिमियम सिद्धार्थ बैंकबाट सजिलै बुझाउन सकिने सिद्धार्थ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बस्यालले बताएका छन् ।

हाल युनियन लाइफ इन्स्योरेन्सले विभिन्न ८ किसिमका जिबन बिमा योजनाहरु संचालन गर्दै आएको छ, कम्पनीका अनुसार अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजना, बार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना, सिमित भुक्तानी (सावधिक तथा आजिवन) जीवन बीमा योजना नेपाली बिमा क्षेत्रमै नयाँ रहेको र यी बीमा योजनाहरु लोकप्रिय बन्दै गएको कम्पनीले जनाएको छ ।

यूनियन लाइफ इन्स्योरेन्स जीवन बीमा ब्यवसायको माध्यमबाट देशभर छरिएर रहेकोे आर्थिक श्रोत र साधनलाई जीवनबीमा शुल्कका रुपमा संकलन गरी देशको आर्थिक बिकासमा योगदान पुर्याउने र समग्र नेपालीहरुको आर्थिक जीवनस्तर सुदृढ तुल्याउने अभिप्राय लिई स्थापना भएको जिबन बीमा कम्पनी हो।

कम्पनीमा प्रतिष्ठित उद्योगपति, व्यापारी, समाजसेवीहरु एवं समाजका प्रतिष्ठित ब्यक्तिहरु सहित जगदम्बा समूह, गोल्छा समूह, गाडिया समूह,न्यौपाने समूह, राजेश हार्डवेयर तथा टिवडेवाल समूहको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS