IME Life New

युनियन लाइफ इन्सोरेन्सको नया शाखा लम्जुङ्गको बेंसीशहरमा, संचालनको छोटो समयमै ८६ वटा शाखा संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

लमजुङ्ग, २० चैत । युनियन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडको बेंसीशहर शाखा संचालनमा आएको छ । शाखाको उद्घाटन मंगलबार एक समारोहका विच बेंसीशहर नगरपालिकाका उपप्रमुख-लक्ष्मी अधिकारीले गरेकी हुन् । उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै उपप्रमुख अधिकारीले विमालाई दुरदराजमा रहेका गाउँ-गाउँका साथै घरघरमा पुर्याउनुपर्नेमा जोड दिइन् । उनले हरेक नागरिकलाई विमा सम्बन्धी जनचेतना दिन आवश्यक रहेको भन्दै सबैलाई विमाको पहुँचमा पुर्याउनुपर्ने बताइन् ।

Esewa
Crest

कार्यक्रममा युनियन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडका नायब महाप्रबन्धक कोषराज सुबेदीले जिबन विमाको शूचना र चेतनाका लागि कम्पनी अघि बढेको बताए, सुबेदी ले भने ‘छिटो छरितो सेवा र सरल सेवा सुबिधानै यूनियन लाईफ इन्स्योरेन्सको फरक पहिचान र ग्राहकले बिश्वाश गर्ने आधार हो।’  सोही कार्यक्रममा नेपालमा इन्स्योरेन्सको अवस्था बारे आफ्नो धारणा राख्दै युनियन लाइफ इन्सोरेन्स प्रदेश नम्बर-४ का क्षेत्रीय प्रबन्धक हरिप्रसाद ढुंगानाले हाल सम्म कम्पनीको ८६ वटा शाखा संचालनमा आएको भन्दै प्रदेश नम्बर ४ मा मात्रै १० वटा शाखा संचालनमा रहेको जानकारी दिए। कम्पनीले हाल नयाँनयाँ खालका पोलीसीका साथ अघि बढेको उनले बताए ।

कार्यक्रममा लमजुङ उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष गुणराज सिलवाल, नेपाल पत्रकार महासंघ निवर्तमान केन्द्रिय सदस्य किसान संगित नेपाली, जन विकास कलेजका प्रमुख सुरेश बराल लगायतले मन्तब्य व्यक्त गर्दै जिबन विमा अनिवार्य गर्नुपर्नेमा जोड दिएका थिए ।

जीबन बीमा क्षेत्रमा योजनाबद्ध र बृहत सोच सहित व्यवसाय प्रारम्भ गरेको युनियन लाइफ इन्स्योरेन्स नेपालका प्रतिष्ठित ब्यापारिक घरानाहरु जगदम्बा ग्रुप, गोल्छा ग्रुप, न्यौपाने ग्रुप, टिवडेवाल ग्रुप, गाडिया ग्रुप, राजेश हार्डवेयरद्वारा प्रबर्दित उदयमान जीवन बिमा कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS