IME Life New

युनाईटेड इन्स्योरेन्सद्धारा साढे १७ लाख बीमा दावी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा मानिसको हरेक कुराको जोखिम बहनकै लागि हो । जीवन बीमा कम्पनीहरुले आफूले कबूल गरेको क्षति समयमा नै भुक्तानी गर्दा पीडित परिवारले राहत महसुस गर्दछन् । त्यसैले त बीमाको महत्व संसारभर दिनानु दिन बढ्दै छ ।

जोखिम बहन बापत शुल्क लिएको युनाईटेड इन्स्योरेन्स कम्पनीले पीडितलाई दुर्घटना बीमा दावी बापत रकम भुक्तानी गरेको छ । अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वार्ड नं. ६ निवासी जीप चालक श्याम बहादुर घर्ती क्षेत्रीले लु.१ज १२२९ नम्बरको जीप सन्धिखर्कबाट प्युठान रुटमा चलाउदै गर्दा गत चैत्र २५ गते भुमिकास्थान नगरपालिका वार्ड नं. ८ लात्तेमाझ अर्घाखाँचीमा उक्त जीप दुर्घटना हुँदा यात्रुहरुको मृत्यु भएकोमा मृतकका नजिकका हकदारहरुले बीमा रकम दावी भुक्तानीका लागी जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । कम्पनीले मृतकका परिवारलाई बीमा रकम भुक्तानी गरेको छ ।

Esewa
Crest

कम्पनिको नियमानुसार मृतक मोनिका आचार्यका हकवाला पिता लालमणी आचार्य, धन बहादुर रानाका हकवाला श्रीमति चन्द्रकला राना, विष्णुमाया श्रेष्ठका हकवाला श्रीमान मधुकुमार श्रेष्ठलाई जनही पाँच लाख रुपैयाँ, नाबालक प्रिन्स श्रेष्ठका हकवाला पिता मधुकुमार श्रेष्ठलाई दुई लाख पचास हजार समेत कूल सत्र लाख पचास हजार रुपैयाँ एक कार्यक्रमका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेको छ ।

अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी पे्रमलाल लामीछानेलाई एक कार्यक्रमका बीच युनाईटेड इन्स्योरेन्स कम्पनिका अर्घाखाँची शाखा प्रमुख दिनानाथ गौतमले हस्तान्तरण गरेका हुन् । सो क्रममा देउराली यातायात अर्घाखाँची प्रा.लि.का सदस्य प्रेम प्रकाश पाण्डे र कर्मचारी बद्री कुमार भुसाल लगायतको उपस्थिति रहेको कम्पनीले जनाएको छ । सो जीपको तेस्रो पक्ष बीमा युनाईटेड इ्रन्स्योरेन्समा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS