IME Life New

युक्रेनको सीमामा बन्द भयो टेस्लाको साइबर ट्रक, अमेरिकाबाटै एलन मस्कले डिसेबल गरेको दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । टेस्ला साइबरट्रकको लन्च भएको वर्षौंसम्म चर्चा भइरहन्छ। कम्पनीले यो कार सन् २०१९ मा लन्च गरेको थियो तर केही वर्ष ढिलोगरी बजारमा आएको थियो। अहिले साइबरट्रक बन्द भएको खबर निकै चर्चामा रहेको छ।

चेचन्या नेता रमजान कादिरोभले टेस्लाका सीईओ एलन मस्कले टाढैबाट आफ्नो साइबरट्रक डिसेबल गरिदिएको आरोप लगाएका छन्। यो साइबरट्रक रुस र युक्रेनबीच चलिरहेको युद्धमा पठाइएको थियो।

Esewa
Crest

कादिरोभले बिहीबार आफूले युद्धमा पठाएको साइबरट्रकमा मेसिन गन राखिएको थियो र यसले युद्धमा राम्रोसँग काम गरिरहेको दाबी गरेका थिए। उनले शुक्रबार थप दुई साइबरट्रक युद्धमा पठाएको पनि बताए।

कादिरोभले युद्धमा टाढैबाट डिसेबल पारिएको साइबरट्रक आफूलाई एलन मस्कले उपहार दिएको दाबीसमेत गरेका छन्। तर, मस्कले त्यस्ता दाबीको खण्डन गरेका छन्। मस्कले एक्समा लेखेका छन्, ‘के तिमी यति मूर्ख छौ कि म रुसी जनरललाई साइबरट्रक गिफ्ट गर्छु भन्ने लाग्छ?’

प्रश्न यो छ कि टेस्ला साइबरट्रक टाढाबाट बन्द गर्न सकिन्छ। यसबारेमा टेस्लाले आधिकारिक रुपमा कुनै जानकारी दिएको छैन। यद्यपि, टेस्लाको साइबरट्रक टाढाबाट बन्द गर्न सकिन्छ। यसको कारण कारको सफ्टवेयर हो।

यो कार हार्डवेयरमा मात्र काम गर्दैन। यसको ठूलो हिस्सा सफ्टवेयरमा निर्भर छ र यो बिना साइबरट्रक चलाउन गाह्रो छ।

टेस्लाले आफ्ना कारहरुमा ओटीए (ओभर द एयर) सफ्टवेयर अपडेट गरेको छ। यदि कम्पनीले कार बन्द गर्न चाहेमा उसले सफ्टवेयर अपडेटमार्फत गर्न सक्छ।

टेस्ला कारका धेरै सुविधा मोबाइल एपमार्फत पहुँच गर्न सकिन्छ। यदि ह्याकरहरुले कार मालिकको फोनमा पहुँच प्राप्त गरे भने तिनीहरुले कारका यी सुविधा पहुँच गर्न सक्छन्। ह्याकरहरुले यो एप प्रयोग गरेर कारलाई डिसेबल पनि गर्न सक्छन्। यसबाहेक टेस्लाले चाहेमा यी कारहरुलाई टाढाबाट डिसेबल गर्न सक्छ।

टेस्ला साइबरट्रकको मूल्य ९३ हजार ९९० डलरबाट सुरु हुन्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS