IME Life New

यी हुन् आइएमई लाइफका १८ ठूला लगानीकर्ता, कसको कति हिस्सा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीमध्ये आइएमई लाइफ इन्स्योरेन्स एउटा हो। यो कम्पनीको अध्यक्षमा रामहरि अर्याल रहेका छन् भने कवि फुयाल प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन्।

प्रिमियम आइपीओ बिक्री गरेको आइएमई लाइफको चुक्तापुँजी ४ अर्ब रुपैयाँ रहेको छ। कम्पनीले आर्थिक वर्ष २०७९।८० का लागि चुक्तापुँजीको कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्दैछ। जसमा २५ प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ १.३२ प्रतिशतले हुन आउने ५ करोड २६ लाख ३१ हजार ५७९ रुपैयाँबराबरको नगद लाभांश छन्। बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ।

Esewa
Crest

आइएमई लाइफको वार्षिक साधारणसभा भोलि जेठ २८ गते डाकिएको छ। सोही सभाले लाभांश पारित गरेपछि शेयरधनीले पाउनेछन्।

आर्थिक वर्ष २०७९।८०को वार्षिक प्रतिवेदनअनुसार आइएमई लाइफमा १ प्रतिशत वा सोभन्दा बढी शेयरधारण गर्ने लगानीकर्ताको संख्या १८ रहेको छ। सबैभन्दा बढी शेयर स्वामित्व आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र हेमराज ढकालको रहेको छ। ढकालद्वयको आइएमई लाइफमा समान ४ लाख ५२ हजार ५०० कित्ता (११.३१ प्रतिशत) शेयर स्वामित्व रहेको छ।

यसैगरी ग्लोबल आइएमई बैंकको आइएमई लाइफमा १० प्रतिशत शेयर स्वामित्व रहेको छ। आइएमई लाइफमा ग्लोबल आइएमई बैंकको ४० लाख कित्ता शेयर रहेको छ।

आइमई लाइफमा आइएमई लिमिटेडको ३ प्रतिशत (१२ लाख कित्ता) र मीनबहादुरु गुरुङको २.३३ प्रतिशत (९ लाख ३० हजार कित्ता) शेयर स्वामित्व रहेको छ। नवराज नेपाल र एसियन डिस्ट्रिब्युटर्सको समान ७ लाख कित्ता (१.७५ प्रतिशत), विष्णुकुमार अर्यालको ६ लाख कित्ता (१.५ प्रतिशत), डीडी इन्भेस्टमेन्टको ५ लाख ७८ हजार ५०० कित्ता (१.४५ प्रतिशत), एक्रस मनी ट्रान्सफरको ५ लाख ७७ हजार ५०० कित्ता (१.४४ प्रतिशत), कल्याण गुरुङ र सावित्री गुरुङको समान ५ लाख ३५ हजार कित्ता (१.३४ प्रतिशत), सन्दीप अग्रवालको ५ लाख कित्ता (१.२५ प्रतिशत), हाथवे इन्भेस्मेन्टको ४ लाख ९६ हजार ४४० कित्ता (१.२४ प्रतिशत), जीवनकुमारी अर्याल पौडेलको ४ लाख ९१ हजार ९५९ कित्ता (१.२३ प्रतिशत), निमिषा इन्भेस्टमेन्टको ४ लाख ८८ हजार ४४० कित्ता (१.२२ प्रतिशत), सुरजकुमार श्रेष्ठ र कमल पौडेलको समान ४ लाख कित्ता (१ प्रतिशत) शेयर स्वामित्व रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

67%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS