IME Life New

यस्तो छ दैनिक ४ रूपैयाँ पर्ने सन नेपाल लाइफको मेडिकेयर सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । म घाइते भएर उपचार गराई रहेको छु। बिरामी परेर मेरो उपचार चलि रहेको छ। जीवन बीमाबाट यसको खर्च पाइन्छ कि पाइदैंन ? जब आफू वा परिवारजन आकस्मिक बिरामी वा घाइते भएर उपचाररत हुन्छन्, त्यसबेला यो जिज्ञासा आम मानिसले अभिकर्ता वा बीमकसँग गरिरहेका हुन्छन् । सहानुभूतीका बीच अभिकर्ता वा बीमकका प्रतिनिधिले यसको जवाफ नकारात्मक दिनुपर्छ। अर्थात्, त्यस्तो सुविधा पाइदैन भन्ने प्रतिकृया दिनुपर्छ।

परम्परागत जीवन बीमा योजनाहरूमा बीमित आकस्मिकरूपमा घाइते भयो वा बिरामी पर्यो भने उपचारवापत खर्च भुक्तानी गर्ने सुविधा हुँदैन । पछिल्लो समयमा बीमितको आवश्यक्ता मध्यनजर गर्दै जीवन बीमा कम्पनीले निर्जीवन बीमकसँग बण्डलिङ गरेर(जोडेर) यस्तो सुविधा उपलब्ध गराइ रहेका छन् । जीवन बीमालेख खरिद गर्दा वा नविकरण गर्दाको समयमा रोग वा दुर्घटनाको उपचार खर्च पाइने सुविधा समावेश गरेर बीमालेख जारी गर्न थालिएको छ।

Esewa
Crest

जीवन बीमक सन नेपाल लाइफ इन्स्योरेन्सले बीमितको सुविधाका लागि यस्तै विशेषता भएको राइडर (अतिरिक्त सुविधा) प्रचलनमा ल्याएको छ। अन्य जीवन बीमकले निर्जीवन बीमकसँगको सहकार्यमा यो योजना समावेश गरेपनि सन नेपाल लाइफले आफैंले यो सुविधा समावेश गरेको छ। सन नेपाल लाइफका बीमितले जीवन बीमालेखसँगै खरिद गर्न मिल्ने सन मेडिकेयर राइडर(अतिरिक्त सुविधा) प्रचलनमा ल्याएको छ। कुनै आकस्मिक बिरामी पर्दा वा दुर्घटनामा घाइते भएर उपचार गर्नुपर्दा जीवन बीमामा योजनाबाट उपचार खर्च नपाइने समस्या समाधानका लागि सन नेपालले यो राइडर ल्याएको हो।

इन्स्योरेन्सका अनुसार ५ देखि ५९ वर्ष उमेरसम्मको बीमितका लागि यो अतिरिक्त सुविधा उपलब्ध गराइएको छ। बीमितले रोज्ने  १ लाख वा सो भन्दा बीमाङ्कको आधारमा बीमाशुल्क रकम निर्धारण गरिन्छ। १ लाख रूपैयाँ बराबरको उपचार खर्च सुविधाका लागि बीमितले वर्ष भरमा जम्मा १३९३ रूपैयाँ भुक्तानी गरे पुग्छ। अर्थात यो सुविधाका लागि दैनिक औसत ३ रूपैयाँ ८१ पैसा खर्चिए पुग्छ।

परम्परागत जीवन बीमा योजनामा बीमितको निधन भए वा पूर्ण अशक्त अपाङ भएको अवस्थामा मात्र दाबी भुक्तानी दिइन्छ। सन नेपालका बीमितले सन मेडिकेयर सुविधासमेत थपेको अवस्थामा बिरामी पर्दा वा दुर्घटनामा घाइते भई अस्पतालमा उपचार गराउँदा १ लाख रूपैयाँसम्म उपचार खर्च प्रापत गर्न सक्छन् ।

सन मेडिकेयर अतिरिक्त सुविधा अन्तर्गत समावेश गरिएका जोखिम

सन नेपालका अनुसार नयाँ बीमालेख खरिद गर्दा वा बीमालेख नविकरण गर्दा यो अतिरिक्त सुविधा समावेश गर्न सकिन्छ। पहिले देखि नै नियमितरूपमा उपचार गराइ रहेको रोगको उपचारका लागि यो सुविधा उपलब्ध हुँदैन । आकस्मिक वा नयाँ वा पहिलो पटक देखा पर्ने रोग वा दुर्घटना परेर घाइते भएको अवस्थामा उपचार गराउनुपर्दा मात्र यो सुविधा उपलब्ध हुन्छ।

यो सुविधा अन्तर्गत बीमा रकम अर्थात् उपचार खर्च दाबी गर्नका लागि अस्पतालको बिल वा औषधीको बिल पेश गर्नुपर्ने झण्झट व्यहोर्नुपर्दैन । अस्पताल भर्ना भएको पूर्जा, अस्पतालबाट छुट्टी भएको पूर्जा, चिकित्सकले कुनै परिक्षण(ल्याब टेष्ट वा शरिरको अङको सुक्ष्म परिक्षण) गरेको छ भने त्यसको प्रमाण अर्थात् रिपोर्ट पेश गरेपुग्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS