IME Life New

यस्ता छन् विश्व बीमा मध्यस्थकर्ता संघले घोषणा गरेको कमिशन सम्बन्धि सिद्धान्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व बीमा मध्यस्थकर्ता महासंघले बीमा क्षेत्रमा आबद्ध मध्यस्थकर्ताहरूको हकहित संरक्षण र बीमा क्षेत्रको प्रवर्द्धनका लागि अन्तर्राष्ट्रियरूपमा पहल गर्दै आएको छ। महासंघले अभिकर्ताको हित संरक्षणका लागि विभिन्न व्यवसायीक सिद्धान्तहरूको समेत घोषणा गरेको छ।

यो सिद्धान्तहरूको पालना महासंघका प्रत्येक सदस्य र सम्बन्धित देशमा कार्यान्वयन गर्नका लागि महासंघले पहल गर्छ। महासंघका अनुसारले बीमा मध्यस्थता गतिविधिको लागि भविष्यको नियामक र बजार वातावरणलाई अवलम्बन गर्न सिद्धान्तहरूको विकास गरिएको हो ।

Esewa
Crest

विश्व बीमा मध्यस्थकर्ता महासंघले मध्यस्थकर्ताको कमिशन र पारिश्रमिक सम्बन्धि सिद्धान्तको घोषणा गरेको छ। महासंघले विश्वभर बीमा मध्यस्थकर्ताको पारिश्रमिक निर्धारणको मापदण्डमा एकरूपता कायम गर्नका लागि सिद्धान्तको घोषणा गरेको हो । ४ जुन २००३ मा महासंघको बैठकबाट घोषित सिद्धान्त अन्तर्गत पारिश्रमिक निर्धारणको चार प्रमुख सिद्धान्त छन् ।

सिद्धान्त १ः

आफ्नो सेवाका लागि प्रत्येक बीमा मध्यस्थकर्ताले निष्पक्षरूपमा पारिश्रमिक प्राप्त गर्ने अधिकार राख्छ।

सिद्धान्त २ः

मध्यस्थकर्ताको सेवावापतको कुनै पनि पारिश्रमिक तथा क्षतिपूर्ती सम्बन्धित पक्षहरूबीचको विषय हुनेछ।

सिद्धान्त ३ः

अभिकर्ताको पारिश्रमिकलाई सीमित वा कुण्ठित पार्नका लागि निर्माण गरिने कुनै पनि कानून वा बजार सम्झाैताहरूलाई महासंघले स्वतन्त्र बजारको आधारभूत सिद्धान्त र अन्तर्राष्ट्रिय बजार अभ्यासविरूद्ध गतिविधिका रूपमा ग्रहण गर्नेछ ।

सिद्धान्त ४ः

बीमा मध्यस्थकर्ताले कमिशनका अतिरिक्त सेवा शुल्क समेत लिन पाउनुपर्छ । यस्तो अवस्थामा ग्राहकलाई यो विषयमा अवगत गराउनुपर्छ।

अहिलेको परिष्कृत बजारका लागि बीमा अभिकर्ता र मध्यस्थकर्ताको भूमिका अझै बढी चाहिएको छ, विशेषगरी व्यापारिक कार्य जहाँ मध्यस्थकर्ताले जोखिम व्यवस्थापन, बीमा परामर्श सेवा प्रदान गर्छन् ,जुन बीमालेखको शर्त भन्दा बाहिरका विषयहरू हुन् ।अभिकर्ता र दलालले प्रदान गर्ने यस्ता सेवावापत बीमकले कमिशन दिएको हुँदैन, मध्यस्थकर्ताहरूले बीमा पेशाकर्मीको हैसियतले ग्राहकको जोखिम व्यवस्थापन सम्बन्धि आवश्यक्ता परिपूर्तीका लागि यस्तो सेवा प्रदान गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS