IME Life New

यती एयरले पायो अन्तर्राष्ट्रिय उड्ययन सुरक्षा अडिट प्रमाण पत्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्तर्राष्ट्रिय उड्ययन संगठन ‘इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन’ ले यती एयरलाई ‘आईएसएसए अपरेटरका रूपमा प्रमाण पत्र प्रदान गरेको छ। संगठनले आएटा स्ट्यान्डर्ड सेफ्टी एसेसमेन्ट प्रोग्राम अन्तर्गत यती एयरलाई सदस्यता प्रमाण पत्र दिएको हो ।

संगठनका अनुसार स्टाण्डर्ड सेफ्टी, स्वेच्छिक मूल्याङ्कन कार्यक्रम हो, जस अन्तर्गत सम्बन्धित सेवा प्रदायकको अनुरोधमा संगठनले सुरक्षा अडिटको काम गर्छ। यस्तो अडिटको कार्य उडान सञ्चालन सुरक्षा अडिट गराउन नसक्ने तर व्यवसायीकरूपमा साना जहाजबाट उडान भर्ने वायू सेवा कम्पनीहरूका लागि गरिन्छ।

Esewa
Crest

आईएसएसए कार्यक्रमले वायू सेवा सञ्चालकलाई यस्तो प्रमाण पत्र प्रदान गर्नु पूर्व वायू सेवा सञ्चालकको सुरक्षा व्यवस्थापन प्रणालीको स्थलगतरूपमा निरिक्षण र मूल्याङ्कन गर्छ। हवाई सुरक्षाको क्षेत्रमा यसको अन्तर्राष्ट्रियरूपमा विश्वसनीयता रहेको छ ।

नेपालमा निजी क्षेत्रको वायू सेवा प्रदायक बुद्ध एयर र यती एयरले मात्र यस्तो प्रमाण पत्र प्राप्त गरेका छन् ।

श्रोतः आइएटिए

संगठनले अधिकत्तम उडान ताैल(म्याक्सिमक टेक अफ वेट) ५ हजार ७०० किलो भन्दा तलको क्षमता भएका तर हेलिकप्टर बाहेकका जहाजबाट व्यवसायीकरूपमा उडान सेवा प्रदान गर्ने वायू सेवा सञ्चालकका लागि मात्र सुरक्षा मूल्याङ्कनको यो श्रेणीको प्रमाण पत्र उपलब्ध गराउँछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS