IME Life New

मेरो शेयरको लोड व्यवस्थापनका लागि ज्योति लाइफको आइपिओ दुई दिन अगाडि नै खुल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर निर्धारित समयभन्दा दुई दिन अगाडि नै बिक्री खुला हुने भएको छ। सिडिएससी एण्ड क्लियरिङ हाउसले आइतबारदेखि प्राथमिक शेयर निष्काशन गर्दा लोड व्यवस्थापनमा समस्या देखिएकाले दुई दिन अगाडी नै बिक्रि खुला गर्न कम्पनीलाई निर्देशन दिएको हो।

शुक्रवारदेखि बिक्री खुला गर्दा दोस्रो बजारका लगानीकर्तालाई समस्या नपर्ने भएकोले मिति सार्न निर्देशन दिएको सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। प्राथमिक शेयर निष्काशन हुँदा दोस्रो बजारका लगानीकर्ताले मेरो शेयर मार्फत ‘इ डिआइएस’ मा समस्या देखिए पछि लोड व्यवस्थापनका लागि यस्तो गर्न लागिएको उनले बताए। शुक्रवारदेखि निष्काशन गर्दा शनिवार सहित दुई दिनमा अधिकाम्स लगानीकर्ताले आवदेन दिसक्ने र लोड व्यवस्थापन गर्न सहज हुने न्यौपानेले जानकारी दिए।

Esewa
Crest

नेपाल इन्फ्राष्ट्रक्चर बैंक, महिला लघुवित्तले प्राथमिक शेयर निष्काशन गर्दा दोस्रो बजारका लगानीकर्तालाई समेत प्रभाव पारेको थियो। समयमा  ‘इ डिआइएस’ गर्न नपाउदा क्लोज आउटमा पर्ने समस्या देखिएको थियो।

यस्तो समस्या देखिए पछि सिडिएससीले शेयर बाँडफाँड पनि शुक्रवार मात्रै गर्न अनुरोध गर्दै आएको छ। पछिल्लो समय कम्पनीहरुले शुक्रवार मात्रै बाँडफाँड गर्दै आएका छन्। सिडिएससीले आफ्नो सर्भरको क्षमता बढाउनुको सट्टा लोड व्यवस्थापनको काम गर्दै आएको छ।

प्राथमिक तथा दोस्रो बजारमै लगानीकर्ताको सहभागिता बढिरहेको अवस्थामा पनि सिडिएससीले आफ्नो क्षमता बढाउने काम गर्न सकिरहेको छैन। एक वर्ष अगाडि दोस्रो बजारमा ५ लाख हाराहारीको मात्रै आवेदन पर्ने गरेकोमा पछिल्लो समय १५ लाख भन्दा बढिको आवेदन पर्न थालिसकेको छ। जवकी मेरो शेयरको अनलाइन एप्लिकेसन एकपटकमा २५ हजारले मात्रै प्रयोग गर्न सक्छन्। तर एकै पटक लाखौ लगानीकर्ताले प्रयोग गर्दा ह्याङ हुने र कसैले पनि चलाउन नसक्ने अवस्था रहदै आएको छ।

प्राथमिक शेयर दुई अगाडि नै निष्काशन गर्न भन्दै कम्पनीलाई पत्र आइसकेको छ। यसै अनुसार कम्पनीले प्राथमिक शेयर निष्काशनको तयारी गरिरहेको छ। कम्पनीले सर्वसाधारण समुहको ६६ लाख कित्ता प्राथमिक शेयर बिक्री गर्न लागेको हो। यस मध्ये ५ प्रतिशत अर्थात तीन लाख ३३ हजार कित्ता कर्मचारीलाई र यति नै कित्ता सामुहिक लगानीकोषका लागि छुट्टाएको छ।

कर्मचारी र सामुहिक लगानीकोषलाई छुट्टाएर बाँकी रहेको ५९ लाख ४० हजार कित्ता प्राथमिक शेयर आम सर्वसाधारण लगानीकर्ताले प्राप्त गर्ने छन्। यस आधारमा कम्पनीको प्राथमिक शेयर न्युनतम १० कित्ताको दरले ५ लाख ९४ हजारले प्राप्त गर्न सक्ने छन्।

यस अगाडि महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयरमा १५ लाख ४० हजारले आवदेन दिएका थिए। यहि अनुपातमा आवेदन पर्ने हो भने पनि कम्पनीको प्राथमिक शेयरमा आवदेन दिने मध्ये ९ लाख ४६ हजार जनाको हात खालि हुनेछ। त्यसैले कम्पनीको प्राथमिक शेयरमा १० कित्ताको लागि मात्रै आवदेन दिए पुग्छ।

हाल कम्पनीको संस्थापक शेयर पुँजी एक अर्ब ५४ करोड रुपैयाँ रहेको छ। प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब ३० करोड रुपैयाँ पुग्नेछ। जसमा सर्वसाधारण समुहको ३० प्रतिशत र संस्थापक समुहको ७०  प्रतिशत कायम हुनेछ। प्राथमिक शेयर निष्काशनका बिक्री प्रवन्धक एनएमबी क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS