IME Life New

मेरो माइक्रोफाइनान्सको एजिएम आज, कहिलेसम्म शेयर किन्नेले पाउछन् लाभांश ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १०औं वार्षिक साधारण सभा आज माघ ६ गते गर्दैछ । कम्पनीको पुस १३ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मितिको तय गरेको हो । सभा क्राउन होटल हारती गंगटे, नुवाकोटमा आयोजना गर्ने जनाएको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साधारण सभाले उक्त प्रस्ताव पारित गर्दैछ । सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै, सभाले लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात एवं आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरि पारित गर्नेछ । सभाले आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थाको अधिकृत पुजीँ २० करोड पुर्याउने प्रस्ताव पेस गर्नेछ ।

सभामा वित्तीय संस्थाको प्रबन्धपत्रको दफा ६ (ख) र (ग) मा आवश्यक संशोधन गर्ने सम्बन्धी विशेष प्रस्तावमा छलफल गरी पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल वा संशोधन वा परिमार्जनका लागि निर्देशन वा सुझाव आएमा सोही बमोजिम गर्न तथा गराउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव अनुमोदन गर्ने जनाएको छ ।

त्यसैगरी यस वित्तिय संस्था र अन्य कुनै पनि उपयूक्त बैंक वा वित्तिय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ती गर्न उपयुक्त देखिएमा सो सम्बन्धि सम्पुर्ण आवश्यक कार्य अगाडी बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने लगायतका प्रस्ताव सभाले पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस २२ गते एक दिन बुक क्लोज गरेको थियो । त्यसकारण पुस २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS