IME Life New

मेट लाइफले ल्यायाे माेबाइल एप्स ‘वान’, बीमा सम्बन्धी सबै सेवा अब बीमितकाे मुठ्ठीमै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं। जीवन बीमक मेट लाइफ इन्स्याेरेन्सले माेबाइल एप्स ‘वान’ सार्वजनिक गरेकाे छ। हाेटल मेरियटमा आयाेजित भव्य समाराेहका बीच मेट लाइफले नयाँ सुविधा सहितकाे एप्स सार्वजनिक गरेकाे हाे । बीमित, अभिकर्ता र अन्य सेवाग्राहीलाई एकै ठाउँबाट बीमा सम्बन्धी सबै सेवा लिन सक्ने भएका छन् ।

एप्सबाटै बीमालेख खरिद गर्न मिल्नेः

याे एप्समार्फत् बीमितले घरमै बसीबसी स्वास्थ्य बीमालेख खरिद गर्न सक्ने सुविधा उपलब्ध गराएकाे छ। थ्रीसिक्टी हेल्थ सेवा अन्तर्गत मेटलाइफले एउटै बीमालेख अन्तर्गत विभिन्न परिक्षणहरू, चिकित्सकीय परामर्श, औषधी उपचार, अस्पताल भर्ना लगायतकाे सेवा उपलब्ध गराएकाे छ।

Esewa
Crest

यसबाहेक अन्य जीवन बीमालेख खरिद गर्नका लागी बीमितले प्रस्ताव फारम भर्न सक्ने सुविधा पनि एप्समै दिइएकाे छ।

चिकित्सकीय परामर्शः

बीमितले सूचीकृत स्वास्थ्य संस्थाकाे चिकित्सक चिकित्सकीय परामर्शका लागी समय लिने सुविधा समेत एप्समार्फत् मेट लाइफले उपलब्ध गराएकाे छ। बढीमा दुई कार्य दिनभित्र चिकित्सकसँग भेटघाटकाे समय सुनिश्चित गरिने मेट लाइफले जानकारी दिएकाे छ।

घरै बसीबसी ल्याब टेष्टः

बीमितले माेबाइल एप्समार्फत रगत परिक्षण, दिशापिसाब परिक्षण, ज्वराे, कलेजाे परिक्षण लगायतका ५० प्रकारका परिक्षण सेवा घरमै बसी बसी लिन सक्ने सुविधा दिएकाे छ। याे सुविधा अन्तर्गत बीमितले आफूले चाहेकाे परिक्षणका लागी एट हाेम मेडिकल टेष्ट सुविधा अन्तर्गत घरमै बसेर जाँच गराउन सक्ने सुविधा रहेकाे मेट लाइफले जानकारी दिएकाे छ। याे सुविधाका लागी मेट लाइफले मान्यता प्राप्त प्रयाेगशाला र चिकित्सकसँग व्यवसायीक सम्झाैता गरेकाे छ।

एम्बुलेन्स डाँक्न सकिने सुविधाः

बीमितले आवश्यक परेका बेला माेबाइल एप्समार्फत् नै सम्बन्धित अस्तपालसँग सम्पर्क गरेर एम्बुलेन्स बाेलाउन सक्ने सुविधा समेत एप्समा उपलब्ध छ।

लाइफ कार्ड सुविधाः

एप्सभित्र रहेकाे माइ लाइफ कार्ड प्रिभिलेजका माध्यमबाट बीमितले विभिन्न स्वास्थ्य स‌ंस्था, प्रयाेगशाला र चिकित्सककाे क्लिनिकमा उपचारका क्रममा सेवा शुल्कमा विशेष छुट प्राप्त गर्न सक्छन् । न्यूनत्तम ३ हजार रूपैयाँ वार्षिक बीमाशुल्क भुक्तानी गर्ने बीमितले ७ लाख रूपैयाँ बराबरसम्मकाे यस्ताे सुविधा पाउने कम्पनीले जानकारी दिएकाे छ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत निर्मल काजी श्रेष्ठले सूचना प्रविधिकाे अधिकत्तम प्रयाेगबाट बीमितलाई चाैबीसै घण्टा सहज सेवा प्रदान गर्ने उद्देश्यले ‘वान’ माेबाइल एप्स सार्वजनिक गरिएकाे जानकारी दिए । उनले नियामकीय स्वीकृती प्राप्त गरेर भावी दिनमा माेबाइल एप्स र अनलाइन प्लेटफार्ममा अझै धेरै र परिस्कृत सेवाहरु उपलब्ध गराउने प्रयास जारी रहेकाे बताउँदै प्रस्तावित डिजिटल बीमालेख निर्देशिका कार्यान्वयनमा आएपछि बीमा सेवाकाे प्रवाहमा महत्वपूर्ण काेसे ढु‌ंगा हुने विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS