IME Life New

मेटलाइफले नेपालमा अटुट सेवा, विश्वास र नवीनता प्रदान गरेको २३ वर्ष मनाउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेटलाइफ नेपालले डिसेम्बर ५ मा आफ्नो २३ औं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकका लागि दुई दशकभन्दा बढी विश्वास, समर्पण र सेवाको सफलतालाई भव्य रुपमा मनाएको छ। यो उपलब्धिले अग्रगामी बीमा उत्पादन र समाधानमार्फत नेपाली परिवारलाई उज्ज्वल भविष्य सुरक्षित गर्न मद्दत गर्ने मेटलाइफको अटल प्रतिबद्धता झल्काउँछ।

बंगलादेश, मलेसिया, नेपाल र भियतनामका मेटलाइफ प्रमुख एलेना बुटारोभाले विशेष उत्सवको नेतृत्व गर्न काठमाडौंको भ्रमण गरेकी थिइन्। मेटलाइफका कर्मचारी र तिनका परिवारको उपस्थितिमा गत हप्ता काठमाडौंमा भव्य वार्षिक पारिवारिक कार्यक्रम आयोजना गरिएको थियो।कार्यक्रममा मेटलाइफका कर्मचारीको कम्पनीप्रतिको समर्पणलाई सम्मान गरिएको थियो। जसको प्रयासले कम्पनीको सफलतामा महत्वपूर्ण भूमिका खेलेको छ।

Esewa
Crest

कम्पनीको वार्षिकोत्सवका अवसरमा मेटलाइफ नेपालले आफ्नो अभिकर्ताहरुका लागि एजेन्सी र व्यवसाय सञ्चालनलाई सुदृढ पार्न मद्दत गर्ने उद्देश्यका साथ ‘माई एजेन्सी एप’ सार्वजनिक गरेको छ। एपले अभिकर्तालाई बीमा योजना र अनुप्रयोगहरु व्यवस्थापन गर्न र ग्राहकसँग नजिकको सम्बन्ध बनाउन अझ सजिलो बनाउनेछ।

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, ‘यो उपलब्धि हाम्रा ग्राहकले हामीमाथि राखेको विश्वास तथा हाम्रा कर्मचारी र अभिकर्ताको समर्पणको प्रमाण हो। हामीले नेपालमा २३ वर्षको वार्षिकोत्सव मनाउँदै गर्दा हामी हाम्रा ग्राहकलाई आत्मविश्वासका साथ आफ्नो भविष्य सुरक्षित गर्न सशक्त बनाउने समाधाहरु नवप्रवर्तन र वितरण गर्न प्रतिबद्ध छौं।’

२३ वर्षको सफल सञ्चालनका साथ मेटलाइफ नेपालले हजारौँ नेपालीको जीवनमा एक विश्वसनीय कम्पनीका रुपमा आफ्नो स्थानलाई पुनः पुष्टि गर्दै भरपर्दो बीमा समाधान उपलब्ध गराउने मार्गमा नेतृत्व गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS