IME Life New

मेटलाइफको ‘सधैँ तपाइँको साथ’ कार्यक्रमद्वारा ग्राहकप्रति व्यक्तिगत सेवा र भरपर्दो सम्बन्धको प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेटलाइफ नेपालले आफ्ना ग्राहकसँग गहिरो सम्बन्ध बढाउन र निरन्तर सहयोग प्रदान गर्नका लागि मेटलाइफ ‘सधैँ तपाइँको साथ’ (विथ यु) एक अग्रगामी कार्यक्रमको सुरुआत गरेको छ। यस अभिनव कार्यक्रमले कम्पनी र ग्राहकबीचको सम्बन्धलाई सुदृढ पार्ने उद्देश्यले आफ्नो बीमा योजना र अतिरिक्त सेवाहरुबारे राम्ररी जानकारी प्रदान गर्दै उनीहरुलाई कम्पनीप्रति विश्वस्त रहन सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

यस कार्यक्रमको मुख्य उद्देश्य ग्राहकलाई व्यक्तिगत सेवा प्रदान गर्ने प्रतिबद्धता रहेको छ। मेटलाइफका अभिकर्ताले आफ्ना ग्राहकसँग नियमित रुपमा सम्पर्कमा रहनेछन् र परम्परागत बीमाको दायरालाई पार गरेर प्रत्यक्ष भेटघाट गर्नेछन्। यी भेटघाट केवल शिष्टाचार भेटमात्र नभई ग्राहकलाई बीमा योजनाहरुको जानकारी र विभिन्न अन्य सेवाको विस्तृत मार्गनिर्देशन प्रदान गर्दै सेवाहरुलाई प्रभावकारी रुपमा प्रयोग गर्न मद्दत गर्ने उद्देश्यले आयोजना गरिनेछ। साथै, ग्राहकले मेटलाइफ नेपालको नयाँ पहल र ग्राहकका लागि हुने गतिविधिबारे जानकारी प्राप्त गर्नेछन्।

Esewa
Crest

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, ‘यस कार्यक्रमसँगै मेटलाइफ नेपालले ग्राहक संलग्नतामा नयाँ मापदण्ड स्थापना गर्दैछ र उत्कृष्ट ग्राहक–केंन्द्रित सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई थप मजबुत बनाउँदैछ। यस ‘सधैँ तपाइँको साथ’ कार्यक्रम हाम्रा ग्राहकसँगको सम्बन्धलाई पुनः परिभाषित गर्ने महत्वपूर्ण कदम हो, जसले ग्राहकलाई हामीसँगको यात्रालाई निर्धक्क भएर अगाडि लैजान आत्मविश्वास दिने लक्ष्य राखेको छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS