IME Life New

मेगा म्युचुअल फण्ड–१ का इकाईमा २.३७ गुणा बढीको आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना “मेगा म्युचुअल फण्ड १” को इकाईमा माग गरेको भन्दा बढी आवेदन परेको छ । फण्डले प्रति इकाई १० रुपैयाँ मूल्य को १० करोड इकाईमध्ये न्यूनतम (एक करोड पचास लाख वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक श्री मेगा बैंक लिमिटेडको लागि सुरक्षित राखि बाँकी न्यूनतम ८ करोड ५० लाख इकाईमा सार्वजनिक निष्काशन गरेको दुई दिनमै माग भन्दा बढि आवेदन प्राप्त भएको छ ।

चौथो दिनसम्ममा सर्वसाधारण लगानीकर्ताहरुको उल्लेखनीय सहभागिता स्वरुप १ लाख ६३ हजार ६४६ जना आवेदकहरुबाट करिब २० करोड १४ लाख ५५ हजार ६०० बराबरको इकाई खरीदका लागि आवेदन परेको छ, जुन बिक्रीको लागि माग गरिएको आवेदन रकम भन्दा २.३७ गुणा बढी आवेदन परेको छ ।

Esewa
Crest

नेपालको वित्तीय इतिहासमा हाल सम्मकै म्युचुअल फण्डमा सवै भन्दा धेरै आवेदन यस “मेगा म्युचुअल फण्ड–१” मा प्राप्त भएको छ । यो नयाँ कृतिमान् कायम गरेकोमा कम्पनी गौरवान्वित भएको छ । मेगा क्यापिटल मार्केट्स लिमिटेड प्रति प्राप्त भएको यस विश्वासका कारण हामीलाई अझै सशक्त ढंगले अगाडि बढ्न हौसला मिलेको फण्डले जनाउको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS