IME Life New

मेगा बैंक अर्घाखाँचीद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। मेगा बैंक नेपाल लिमिटेड अर्घाखाँची शाखाले एग्रो फरेष्टी बहुप्राविधिक शिक्षालयका विद्यार्थीका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

जिल्लाका बिभिन्न ठाउँमा वित्तीय साक्षरता कार्यक्रम गरिसकेको मेगा बैंकले शुक्रबार एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा मेगा बैंक अर्घाखाँची शाखाका प्रबन्धक लक्ष्मण क्षेत्रीले वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणका साथै मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्क लगायतका बारेमा जानकारी गराएका थिए ।

Esewa
Crest

जिल्लाको छत्रदेब गाउँपालिका स्थित एग्रो फरेष्टी बहुप्राविधिक शिक्षालयका बिद्यार्थीहरुलाई बित्तीय क्षेत्रको बारेमा जानकारी दिने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

बिद्यार्थीहरुलाई लक्षित गरि बितिय साक्षरता कार्यक्रम गरेकोमा फरेष्टी बहुप्राविधिक शिक्षालयका उप प्रधानाध्यापक सरोज भट्टराईले मेगा बैंकलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा मेगा बैंकका कर्मचारी श्रृजन भुसाल , नारायण आचार्य र ईश्वरी प्रसाद पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS