IME Life New

मुख्य ११ सूचकमा नेपाल लाइफ र एलआईसीलाई दाँजेर हेर्दा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) नेपालका ठूला र पुराना बीमा कम्पनीमध्ये पर्छन्। यी दुई जीवन बीमा कम्पनीलाई चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो त्रैमासको वित्तीय विवरणका आधारमा इन्स्योरेन्स खबरले गरेको तुलानात्मक अध्ययनः

Esewa
Crest

चुक्तापुँजीः कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१।८२ को प्रथम त्रैमासको वित्तीय विवरणको आधारमा नेपाल लाइफको चुक्तापुँजी ८ अर्ब २० करोड रहेको छ भने एलआईसी नेपालको चुक्तापुँजी २ अर्ब ६५ करोड रहेको छ। एलआईसी नेपालले हकप्रदमार्फत ५ अर्ब चुक्तापुँजी कायम गर्दैछ।

रिटेन्ड अर्निङः नेपाल लाइफको रिटेन्ड अर्निङमा ७१ करोड १९ लाख रहेको छ भने एलआईसी नेपालको रिटेन्ड अर्निङमा २ अर्ब ७७ करोड ७२ लाख रहेको छ।

अन्य इक्विटीः नेपाल लाइफको अन्य इक्विटीमा ७९ करोड ५२ लाख रहेको छ भने एलआईसी नेपालको अन्य इक्विटीमा १ अर्ब ८ करोड २ लाख रहेको छ।

जीवन बीमा कोषः जीवन बीमा कम्पनीहरुका लागि जीवन बीमाकोषको निकै महत्व रहेकोमा नेपाल लाइफको जीवन बीमा कोषमा २ खर्ब ८ अर्ब ४४ करोड रहेको छ भने एलआईसी नेपालको जीवन बीमाकोषमा १ खर्ब २३ अर्ब ७८ करोड रहेको छ।

कुल बीमा शुल्क आर्जनः नेपाल लाइफले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्म ११ अर्ब ९६ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने एलआईसी नेपालले ४ अर्ब ५७ करोड कुल बीमा शुल्क आर्जन गरेको छ।

खुद बीमा बीमा शुल्क आर्जनः नेपाल लाइफले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्म ११ अर्ब ८१ करोड खुद बीमा शुल्क आर्जन गरेको छ भने एलआईसी नेपालले ४ अर्ब ५४ करोड खुद बीमा शुल्क आर्जन गरेको छ।

अभिकर्ता कमिसनः चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्म नेपाल लाइफले ८७ करोड १२ लाख अभिकर्ता कमिसनमा खर्च गरेको छ भने एलआईसी नेपालको २८ करोड ७३ लाख रहेको छ।

खुद नाफाः प्रथम त्रैमाससम्म नेपाल लाइफले २० करोड ५४ लाख खुद मुनाफा गरेकोमा एलआईसी नेपालले ७ करोड ८८ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। यद्यपि, जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी मूल्यांकन हुन बाँकी भएकाले खुद नाफा एक्चुअरी मूल्यांकनपश्चात मात्र वास्तविक आउनेछ।

बीमालेख धितो कर्जाः नेपाल लाइफले बीमालेख धितो राखी ३४ अर्ब ४३ करोड कर्जा प्रवाह गरेको छ भने एलआईसी नेपालले २२ अर्ब १६ करोड कर्जा प्रवाह गरेको छ।

प्रतिशेयर आम्दानीः नेपाल लाइफको वार्षिक प्रतिशेयर आम्दानी १०.०१ रुपैयाँ छ भने एलआईसी नेपालको ११.८८ रुपैयाँ छ।

प्रतिशेयर नेटवर्थः नेपाल लाइफको प्रतिशेयर नेटवर्थ १३१.९९ रुपैयाँ छ भने एलआईसी नेपालको २२८.४६ रुपैयाँ छ।

(उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो। यो विश्लेषण पूर्ण होइन। लगानीकर्ताले कारोबारको निर्णय लिनुअघि थप अनुसन्धान गर्नुपर्नेछ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS