IME Life New

मुख्य वित्तीय सूचकमा प्रभु महालक्ष्मी र आईएमई लाइफलाई दाँजेर हेर्दा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ र आईएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययनः

Esewa
Crest

चुक्तापुँजीः कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१।८२ को प्रथम त्रैमासको वित्तीय विवरणका आधारमा प्रभु महालक्ष्मीको चुक्तापुँजी ४ अर्ब ७२ करोड रहेको छ भने आईएमई लाइफको चुक्तापुँजी ५ अर्ब रहेको छ।

रिटेन्ड अर्निङः प्रभु महालक्ष्मीको रिटेन्ड अर्निङमा ६२ करोड २५ लाख रहेको छ भने आईएमई लाइफको रिटेन्ड अर्निङमा १ अर्ब २३ करोड ३१ लाख रहेको छ।

अन्य इक्विटीः प्रभु महालक्ष्मीको अन्य इक्विटीमा १७ करोड ५२ लाख रहेको छ भने आईएमई लाइफको अन्य इक्विटीमा ५८ करोड २० लाख रहेको छ।

जीवन बीमाकोषः जीवन बीमा कम्पनीहरुको लागि जीवन बीमाकोषको निकै महत्व रहेकोमा प्रभु महालक्ष्मीको जीवन बीमाकोषमा १० अर्ब ९९ करोड रहेको छ भने आईएमई लाइफको जीवन बीमाकोषमा १० अर्ब ७ करोड रहेको छ।

कुल बीमा शुल्क आर्जनः प्रभु महालक्ष्मीले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्म १ अर्ब २० करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने आईएमई लाइफले १ अर्ब २१ करोड कुल बीमा शुल्क आर्जन गरेको छ।

खुद बीमा बीमा शुल्क आर्जनः प्रभु महालक्ष्मीले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्म १ अर्ब १७ करोड खुद बीमा शुल्क आर्जन गरेको छ भने आईएमई लाइफले १ अर्ब १६ करोड खुद बीमा शुल्क आर्जन गरेको छ।

अभिकर्ता कमिसनः चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्म प्रभु महालक्ष्मीले ११ करोड ३९ लाख अभिकर्ता कमिसनमा खर्च गरेको छ भने आईएमई लाइफको १० करोड ८३ लाख रहेको छ।

खुद नाफाः प्रथम त्रैमाससम्म प्रभु महालक्ष्मीले १२ करोड ६२ लाख खुद मुनाफा गरेकोमा आईएमई लाइफले १४ करोड ५० लाख रुपैयाँ खुद मुनाफा गरेको छ। यद्यपि, जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउनेछ।

बीमालेख धितो कर्जाः प्रभु महालक्ष्मीले बीमालेख धितो राखी १ अर्ब ७ करोड कर्जा प्रवाह गरेको छ भने आईएमई लाइफले ७६ करोड ६० लाख कर्जा प्रवाह गरेको छ।

प्रतिशेयर आम्दानीः प्रभु महालक्ष्मीको वार्षिक प्रतिशेयर आम्दानी १०.६९ रुपैयाँ छ भने आईएमई लाइफको ११.६० रुपैयाँ छ।

प्रतिशेयर नेटवर्थः प्रभु महालक्ष्मीको प्रति शेयर नेटवर्थ ११९.३४ रुपैयाँ छ भने आईएमई लाइफको १५०.६६ रुपैयाँ छ।

(उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो। यो विश्लेषण पूर्ण होइन। लगानीकर्ताले कारोबारको निर्णय लिनुअघि थप अनुसन्धान गर्नुपर्नेछ।)

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS