IME Life New

‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ मुद्धती अभियान’ मा संलग्नलाई रसिद लिन ग्लोबल आइएमईको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मधेश प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय जनकपुरधाम धनुषाको कार्यदेश बमोजिम संचालन भएको मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ मुद्धती अभियानमा संलग्न भएकालाई रसिद लिन ग्लोबल आइएमई बैंक लिमिटेडले आग्रह गरेको छ ।

बैंकले मिति २०७९ असार ३१ गतेभित्र शिक्षा विकास निर्देशनालय, मधेश प्रदेशको कार्यालयमा आवेदन दर्ता तथा स्वीकृत गराई सहभागी भएका सम्पूर्ण बालिकाहरुको मुद्धती खाता खोलिसकेको जनाएको छ । आफूलाई पायक पर्ने यस बैंकको मधेश प्रदेशमा रहेको जुनसुकै शाखाबाट रसिद प्राप्त गर्न सक्नेछन् । यसका लागि ग्राहक पहिचान अध्यावधिक गर्न चाहिने कागजात लिएर जानुपर्ने हुन्छ ।

Esewa
Crest

रसिद लिनका लागि बच्चाको सक्कल जन्मदर्ता अथवा १ प्रतिलिपि, संरक्षकको सक्कल नागरिकता वा प्रतिलिपी, बच्चाको पासपोर्ट साइजको २ प्रति फोटो र संरक्षकको पनि पासपोर्ट साइजको २ प्रति फोटो सहित शाखा कार्यलयमा सम्पर्क गरि रसिद लिन बैंकले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS