IME Life New

मुक्तिनाथ विकास बैंकले ल्यायो मुक्तिनाथ विशिष्ट सहज कर्जा योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ विशिष्ट सहज कर्जा” योजना सञ्चालनमा ल्याएकोे छ । केही समयदेखि बजारमा देखिएको तरलता संकट संगै ग्राहकहरुले कर्जा पाउन नसकिरहेको अवस्थामा बैंकले यस योजना ल्याएको बैंकले जनाएको छ । कर्जा आवश्यक परेका कुनै पनि ग्राहकले मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरुमा सम्पर्क राख्न बैंकले आग्रह गरेको छ ।

बैंकका अनुसार यस योजना अन्तर्गत २ करोड सम्मका साना तथा मझौला व्यवसाय कर्जा, कृषी कर्जा, घर कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शैक्षिक कर्जा, जग्गा खरीद तथा अन्य व्यक्तिगत कर्जा प्रदान गर्नेछ । यस योजना अन्तर्गत कर्जा लिन इच्छुक कर्जाग्राहीहरुलाई सम्पुर्ण आवश्यक कागजातहरु पुरा गरेको ३ कार्य दिन भित्रै सर्वशुलभ व्याजदरमा कर्जा स्वीकृत गरी प्रदान गर्ने बैंकले जनाएको छ ।

Esewa
Crest

बैंकका अनुसार यस योजनामा सहभागी भई कर्जा लिन इच्छुक ग्राहकहरुले नजिकको शाखा कार्यालयमा सम्पर्क राख्न वा मोबाईल नम्बर ९८०१११००२३ मा मिस्ड कल गरी वा बैंकको वेवसाईटमा गई अनलाईन मार्फत कर्जा आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%
happy

खुसी

0%
sad

दु :खी

6%
amazed

अचम्मित

0%
excited

उत्साहित

6%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS