IME Life New

मुकेश अम्बानीलाई टक्कर दिँदै अफ्रिकाको सबैभन्दा ठूलो बीमा कम्पनी, के हो योजना ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको अर्थतन्त्र रकेटको गतिमा बढिरहेको छ। यही बेला विश्वका ठूला कम्पनीहरु भारत प्रवेश गर्ने दाउमा छन्। यसै सिलसिलामा अफ्रिकाको सबैभन्दा ठूलो बीमा कम्पनी सनल्याम लिमिटेडले पनि भारतमा ठूलो बाजी खेल्ने तयारी गरिरहेको छ।

सनल्याम दक्षिण अफ्रिकी कम्पनी मार्केट क्यापको हिसाबले अफ्रिकाको सबैभन्दा ठूलो कम्पनी हो। ब्लुमबर्गको रिपोर्ट अनुसार कम्पनी भारतमा प्रवेश गर्ने दौडमा सामेल हुँदैछ। यसका लागि कम्पनीले श्रीराम क्यापिटल ग्रुपसँग साझेदारी बढाउने योजना बनाएको छ।

Esewa
Crest

यी दुवै कम्पनीले एउटा संयुक्त उद्यम गठन गर्दैछन्। जसले सम्पत्ति र सल्लाह सेवाहरु प्रदान गर्नेछ। श्रीरामले सन् २००५ मा आफ्नो प्रारम्भिक लगानी दोब्बर गर्नेछ। यो कम्पनी भारतमा क्रेडिट र बीमा क्षेत्रमा पहिले नै छ।

सनल्यामका सीईओ पल हानराट्टीले एक अन्तर्वार्तामा भनेका छन्, ‘भारतमा ठूलो संख्यामा मानिसहरु गरिबीको जालबाट बाहिर निस्केर आफ्नो भविष्यमा ध्यान केन्द्रित गरिरहेका छन्। भारत वास्तवमा यस्तो विन्दुमा छ, जहाँ जनसंख्याको एक ठूलो भाग अब बचत गर्न र भविष्यको लागि लगानी गर्न सक्षम छ।’

आईएमएफका अनुसार यस वर्ष भारतको अर्थतन्त्र ६.८ प्रतिशतले वृद्धि हुनेछ भने दक्षिण अफ्रिकाको वृद्धिदर ०.९ प्रतिशत रहने अनुमान गरिएको छ।

बोस्टन कन्सल्टिङ ग्रुपका अनुसार सन् २०२८ सम्ममा भारतले ७३० अर्ब डलरको सम्पत्ति प्राप्त गर्ने अपेक्षा गरिएको छ। यही कारणले गर्दा एचएसबीसी होल्डिङ्स र बार्कलेजजस्ता कम्पनीहरुले भारतमा आफ्नो व्यापार विस्तार गरिरहेका छन्।

धनीहरुलाई लोभ्याउन एसबीआईले २ हजार बैंकरहरु खटाउँदैछ। यो २२ हजार ५०० बढी शाखा सञ्जाल भएको भारतको सबैभन्दा ठूलो बैंक हो।

अप्रिलमा विश्वको सबैभन्दा ठूलो कोष प्रबन्धक ब्ल्याकरक इंकले अरबपति मुकेश अम्बानीको कम्पनी जियो फाइनान्सियल सर्भिसेजसँग एउटा संयुक्त उद्यम गठन गर्न सम्झौता गरेको थियो। दुवै कम्पनीले देशमा सम्पत्ति व्यवस्थापन व्यवसायहरु सिर्जना गर्नेछन्। साथै, ब्रोकरेज कम्पनी पनि बनाइनेछ।

हानराट्टीले भारतको अर्थतन्त्र तीव्र गतिमा बढिरहेको र विश्वका हरेक कम्पनीले यहाँ व्यापार गर्न चाहेको बताए। उनले सनल्याम भारतमा आफ्नो व्यवसाय विस्तार गर्न निकै राम्रो स्थितिमा रहेको बताए। ‘हामीसँग वितरणको धेरै फराकिलो क्षेत्र छ। हामीले हाम्रो व्यापारलाई सही तरिकाले अगाडि बढाउनुपर्छ’, उनले भने, ‘त्यसपछि बिस्तारै यसलाई शाखा र ग्राहकको अवस्थित आधारमा विस्तार गर्न थाल्नुपर्छ।’

सनल्यामको भारतीय साझेदार श्रीराम क्यापिटलले जुन ३० मा समाप्त भएको ६ महिनामा लगभग १६ प्रतिशतले नाफा बढाएको छ। जुन २०२१ मा १० प्रतिशत थियो। जीवन तथा स्वास्थ्य बीमामा भएको नाफा, सामान्य बीमामा भएको वृद्धि र लगानी व्यवस्थापनमा भएको सुधारका कारण कम्पनीको आम्दानी अघिल्लो वर्षको तुलनामा ४३ प्रतिशतले बढेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS