IME Life New

मिथिला लघुवित्तको नाफामा सामान्य बृद्धि, प्रतिशेयर आम्दानी कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ५ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २.६७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

१७ करोड ४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ११ करोड ६३ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तको सापटी १८.४६ प्रतिशत, निक्षेप ४१.४६ प्रतिशत र कर्जा २८.६३ प्रतिशतले बढेको छ।

Esewa
Crest

सञ्चालन मुनाफा घटेपनि खराब कर्जा उठाउन सफल हुँदा लघुवित्तको खुद नाफा बढ्न पुगेको हो। यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ०.०७ प्रतिशत र सञ्चालन मुनाफा ७.१८ प्रतिशत घटेको छ। यस अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी २.९६ प्रतिशत र अन्य सञ्चालन आम्दानी १०.६३ प्रतिशत बढेको छ।

यस लघुवित्तको समीक्षा अवधिमा प्रतिशेयर आम्दानी १२ रुपैयाँ ३० पैसा घटेर ३३ रुपैयाँ ८३ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ २७ पैसा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS