IME Life New

माल्दिभ्समा नेपालले पायो उत्कृष्ट रोमाञ्चक पर्यटकीय गन्तव्य सम्मान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। साउथ एशियन ट्राभल अवार्ड २०२२ अन्तर्गत नेपालले उत्कृष्ट रोमाञ्चक गन्तव्य सम्मान प्राप्त गरेको छ।

माल्दिभ्सको होटल अदारन सेलेक्ट हुडुरानफुटीमा शुक्रबार आयोजित दक्षिण एशिया स्तरिय सम्मान समारोहमा नेपाललाई उक्त अवार्ड प्रदान गरिएको हो।

Esewa
Crest

नेपालको प्रतिनिधित्व गर्दै होटल संघ नेपालका प्रमुख टेकेन्द्र बहादुर महतले सम्मान ग्रहण गरेका हुन्। यो सम्मान कार्यक्रम प्रत्येक वर्ष आयोजना हुँदै आएको छ।

यो सम्मान कार्यक्रमले सन् २०१६ देखि दक्षिण एसियाली मुलुकका पर्यटकीय गन्तव्य, होटल तथा आतिथ्यता सेवा प्रदायक कम्पनीलाई सम्मान गर्दै आएको छ।

यस वर्षको ३९ विधामध्ये ३१ विधाको सम्मान आयोजक राष्ट्र माल्दिभ्सले हात पारेको छ।

सन् २०२१ मा कोरोना महामारीका कारण पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएपछि यो सम्मान समारोह स्थगन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS