IME Life New

मारुती स्विफ्ट सीएनजी लन्च, कस्ता छन् फिचर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले अन्ततः आफ्नो फोर्थ जेनरेसन मारुती स्विफ्ट सीएनजी भारतीय बजारमा लन्च गरेको छ। कम्पनीले पहिलोपटक आफ्नो पेट्रोल भेरियन्ट लन्च गरेको थियो। जसको प्रारम्भिक मूल्य भारु ६.४९ लाख रहेको छ।

अब कम्पनीले आधिकारिक रुपमा आफ्नो कम्पनी फिटेड सीएनजी भेरियन्ट बिक्रीको लागि ल्याएको छ। नयाँ मारुती स्विफ्ट सीएनजीको प्रारम्भिक मूल्य भारु ८.२० लाख (एक्स शोरुम) तोकिएको छ।

Esewa
Crest

मारुती सुजुकीले आफ्नो नयाँ स्विफ्ट सीएनजी कुल ३ भेरियन्ट भीएक्सआई, भीएक्सआई (ओ) र जेडएक्सआईमा प्रस्तुत गरेको छ। लुक र डिजाइन पेट्रोल मोडलमा जस्तै छ। कम्पनीले भर्खरै जडान गरेको सिएनजी किट यसको इन्जिनमा समावेश गरिएको छ। जसले यसको लाइनअप पूरा गर्दछ।

कम्पनीले मारुती सुजुकी स्विफ्टको फोर्थ जेनरेसन मोडलमा पूर्ण रुपमा नयाँ इन्जिन प्रयोग गरेको छ। पेट्रोल मोडलको तुलनामा सीएनजी भेरियन्ट करिब भारु ९० हजारलेँ महँगो छ।

कम्पनीले स्विफ्ट सीएनजीमा पूर्ण रुपमा नयाँ ‘जेड’ सिरिजको पेट्रोल इन्जिन दिएको छ। सीएनजी मोडमा, यो १.२ लिटर इन्जिनको पावर आउटपुट अलि कम हुन्छ। यो इन्जिनले ६९.७५ एचपी पावर र १०१.८ एनएमको टर्क जेनेरेट गर्छ। यो इन्जिन ५ स्पीड म्यानुअल ट्रान्समिसन गियरबक्ससँग जोडिएको छ।

कम्पनीले यो कारमा सिंगल पिस ठूलो सीएनजी सिलिन्डर प्रयोग गरेको छ। जुन बुटमा राखिएको छ। स्विफ्ट सीएनजीको साथमा, मारुती सुजुकीले पनि डुअल–सिलिन्डर टेक्नोलोजी प्रयोग गर्ने अपेक्षा गरिएको थियो। जुन टाटा मोटर्सले पहिलोपटक लन्च गरेको थियो। तर, माइलेजको हिसाबले यो अघिल्लो के सिरिजको सीएनजी स्विफ्टभन्दा राम्रो छ। यो कारले सीएनजी मोडमा ३२.८५ किलोमिटर प्रतिकिलोग्रामसम्मको माइलेज दिने कम्पनीको दाबी छ।

इन्ट्री लेभल अर्थात् मारुती स्विफ्ट सीएनजीको बेस भीएक्सआई भेरियन्टमा कम्पनीले ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), रिमोट सेन्ट्रल लकिङ, ह्यालोजन प्रोजेक्टर हेडल्याम्प र १४ इन्चको पांग्रा उपलब्ध गराएको छ। मिड–स्पेक भीएक्सआई (ओ) भेरियन्टमा ड्राइभर सिटको उचाइ समायोजन, ७ इन्चको इन्फोटेनमेन्ट प्रणाली, स्टेयरिङ माउन्टेड कन्ट्रोल आदि केही थप फिचर प्रदान गरिएको छ।

यसबाहेक स्विफ्ट सीएनजीको टप भेरियन्ट श्ह्ष् मा कम्पनीले डे टाइम रनिङ लाइट, १५ इन्च अलोय ह्विल, वायरलेस चार्जिङ, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रियर वाशर वायर आदि सहितको एलईडी प्रोजेक्टर हेडल्याम्प उपलब्ध गराएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS