IME Life New

मारुती सुजुकीको ४० वर्षे रेकर्ड टाटाले तोड्यो, पन्च बन्यो बिक्रीमा नम्बर १ कार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सबैलाई थाहा छ मारुती सुजुकीले भारतमा सबैभन्दा धेरै कारहरु बेच्दछ। तर, गत वर्ष २०२४ मा टाटा मोटर्सले मारुती सुजुकीलाई एउटा मामिलामा पछि पारेको छ।

टाटा मोटर्सको किफायती एसयूभी टाटा पन्च सन् २०२४ को सबैभन्दा धेरै बिक्री हुने कार भएको छ। यसले मारुती सुजुकीको वेगनआर, अर्टिगा र ब्रेजा तथा हुन्डाईको क्रेटाजस्ता एसयूभीलाई पछि पार्दै नम्बर १ स्थान हासिल गरेको हो। कार बिक्रीको मामिलामा लगभग ४० वर्षको मारुती सुजुकीको रेकर्ड टाटाको पन्चले तोडेको छ।

Esewa
Crest

टाटा मोटर्सको सबैभन्दा सस्तो कम्प्याक्ट एसयूभी पन्चले गत वर्ष २०२४ को १२ महिनामा २ लाख २ हजार ३० युनिट बिक्री गरेको छ। टाटा पन्च गत वर्ष लगभग हरेक महिना बिक्रीमा शीर्ष ५ कारहरुमा परेको थियो र धेरै महिनासम्म यो सबैभन्दा धेरै बिक्री हुने कार थियो।

टाटा पन्चको हालको एक्स–शोरुम मूल्य भारु ६ लाखदेखि भारु १०.१५ लाखसम्म छ।

मारुती सुजुकीको फेमिली ह्याचब्याक वेगनआरले पछिल्लो १२ महिनामा १ लाख ९० हजार ८५५ युनिट बिक्री गरेको छ। वेगनआर भारतमा निम्न मध्यम वर्गका मानिसको मनपर्ने कार मानिन्छ र यसको हालको एक्स–शोरुम मूल्य भारु ५.५४ लाखदेखि भारु ७.३३ लाखसम्म छ।

मारुती सुजुकीको लोकप्रिय ७ सिटर कार अर्टिगा गत वर्ष राम्रो बिक्री भएको थियो । १२ महिनामा अर्टिगा एमपीभीको कुल १ लाख ९० हजार ९१ युनिट बिक्री भएको थियो । अर्टिगाले अक्टोबर र नोभेम्बरमा अन्य सबै कारभन्दा बढी बिक्री गरेको थियो। कम्प्याक्ट ७ सिटर कार अर्टिगाको हालको एक्स–शोरुम मूल्य भारु ८.६९ लाखदेखि भारु १३.०३ लाख रुपैयाँसम्म छ।

मारुती सुजुकीको सब–४ मिटर कम्प्याक्ट एसयूभी ब्रेजाले यस वर्ष ग्राहकलाई पागल बनाउन सफल भयो र यसले टाटा नेक्सनलाई सबैभन्दा बढी समस्यामा पारेको छ। गत वर्ष १२ महिनामा कुल १ लाख ८८ हजार १६० युनिट ब्रेजा बिक्री भएको थियो । मारुती सुजुकी ब्रेजाको हालको एक्स–शोरुम मूल्य भारु ८.३४ लाखदेखि भारु १४.१४ लाखसम्म छ।

हुन्डाई मोटर इन्डियाको सबैभन्दा बढी बिक्री हुने एसयूभी क्रेटाले पछिल्लो १२ महिनामा कुल १ लाख ८६ हजार ९१९ युनिट बिक्री गरेको छ। मिडसाइज एसयूभी किन्नेहरुले क्रेटालाई सबैभन्दा मन पराए। क्रेटाको हालको एक्स–शोरुम मूल्य भारु ११ लाखबाट सुरु भएर भारु २०.३० लाखसम्म रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS