IME Life New

मानुषी लघुवित्तको वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मानुषी लघुवित्तले सानो गौचरन शाखा अन्तर्गतको वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम मङ्गलबार सम्पन्न गरेको छ ।कार्यक्रममा संस्थाको प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले स्वागत मन्तव्य राख्दै संस्थाले निम्न वर्गीय महिलाको दैनिकीमा पारेको प्रभावबारे प्रकाश पारिन् ।

काठमाडौं महानगरपालिका वडा नं. ५ का अध्यक्ष प्रमुख अतिथि रहेको कार्यक्रममा वक्ताहरुले महिला उद्यमशिलताको विकासका लागि लघुवित्तले सहजिकरण गरि समाजमा महिलाको आर्थिक स्तर उकास्न अहम भूमिका खेलेको बताएका थिए।

Esewa
Crest

कार्यक्रममा संस्थामा आबद्ध महिलाहरुले आफ्नो सीप प्रयोग गरि बनाएका विभिन्न सामानहरुको प्रदर्शनी समेत गरिएको थियो साथै उत्कृष्ट उद्यमी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट केन्द्र प्रमुख तथा ज्येष्ठ नागरिकलाई सम्मान पनि गरिएको कम्पनीले जनाएको छ ।

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको संस्था हो । हाल लघुवित्तले देशभर १४ जिल्लामा ३६ शाखामार्पmत ३४,४३२ सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS