IME Life New

माछापुच्छ्रे बैंकले शुरु गर्यो भिसा डाइरेक्ट सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंकले अन्तराष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेशनल सँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको सुरुवात गरेको छ । यस सेवा मार्फत विदेश बाट यस बैंकको भिसा कार्ड प्रयोगकर्ता ग्राहकहरुलाई बिना झन्झट सरल र सजिलै रेमिट्यान्स पठाउन सकिने छ ।

बैंकका अनुसार यस सेवा मार्फत भिसा डायरेक्टमा सहभागी रहेका १८० भन्दा बढी देशहरूबाट नेट–बैंकिङ, मोबाइल वा एटीएम मार्फत १६ अंकको भिसा कार्ड नम्बरमा विश्वको जुनसुकै कुनाबाट नेपालमा रकम पठाउन सकिनेछन्। उक्त सेवा मार्फत स्वदेश र विदेश बाट सरल, सहज, र सुरक्षित तरिकाले १६ अंकको भिसा कार्ड मार्फत सस्तो दरमा रियल टाइममा रेमिट्यान्स पाउन सकिने बैंकले जनाएको छ।

Esewa
Crest

बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS