IME Life New

माछापुच्छ्रे बैंकको ३० लाख इकाई ऋणपत्रमा आवेदन दिने म्याद थप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

माछापुच्छ्रे बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ । बैंकले साउन ६ गतेदेखि ऋणपत्र निष्काशन गरेको हो । ऋणपत्रमा छिटोमा आवेदन दिने मिति साउन ९ गतेसम्म पूर्ण आवेदन नपरेपछि म्याद थप गरिएको हो । अब यस ऋणपत्रमा लगानीकर्ताले भदौ ३ गतेसम्म आवेदन दिन सक्न जनाएको छ ।

७ वर्षे अवधिको ‘१०.२५ प्रतिशत माछापुच्छ्रे बैंक डिबेन्चर २०८५’ मा वार्षिक १०.२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा दश वर्षसम्म निरन्तर भुक्तानी हुनेछ।

Esewa
Crest

बैंकले साउन ६ गतेबाट ३ अर्ब रुपैयाँ बराबरको कूल ३० लाख इकाई ऋणपत्र निष्काशन गरेको हो। कुल निष्काशित ३० लाख इकाई मध्ये १२ लाख इकाई अर्थात एक अर्ब २० करोड रुपैयाँ बराबरको सर्वसाधारणका लागि खुला गरिएको हो । यसै अन्तर्गत ६० हजार इकाई सामूहिक लगानी कोषकालाई छुट्टाइएको छ । बाँकी १८ लाख अर्थात एक अर्ब ८० करोड बराबरको ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्ने जनाएको छ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्ताका लागि आवेदन गर्न सक्नेछन्। ऋणपत्र निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS