IME Life New

माछापुच्छ्रे बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७८ /७९ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७८ /७९ को नाफा नोक्सान हिसाब, नाफा नोक्सान बोडफोड तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु छलफल गरी पारित गरेको छ ।

Esewa
Crest

सभाले यस बैंकको सहायक कम्पनी माछापुच्छ्रे क्यापिटल लिमिटेडको आ।व। २०७८/७९ को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७९ / ८० को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (हाल बहालवाला लेखापरीक्षक एस।ए।आर। एशोसिएट्स, कम्पनी ऐन, २०६३ को दफा १११ (३०)तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा बमोजिम पुनः नियुक्ती हुन योग्य हुने प्रस्ताव पारित गरेको छ ।

सभाले संचालक समितिमा रिक्त रहेको संचालक पदमा संचालक समितिले साविक संचालकको बाकी कार्यकाल सम्मको लागि गरेको संचालकको नियुक्ती अनुमोदन गर्ने, संस्थापक समूहका सेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गरेको छ ।

माछापुच्छ्रे बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न गाभिन मर्जर गर्न वा प्राप्ती गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्गनको लागि मूल्याङ्गनकतां नियुक्ती गर्न, गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्झौता गर्न, वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS