IME Life New

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा अब पाउनुहोस् ’स्मार्ट स्वास्थ्य र दुर्घटना बीमाको’ सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख २१ ।

माछापुच्छ्रे बैंकले आकर्षक सुबिधा सहितको एमबिएल स्मार्ट बचत खाता संचालनमा ल्याएको छ ।

Esewa
Crest

बैंकले यस खाता थप आर्कषक बनाउन स्वास्थ्य र दुर्घटना बीमाको सुविधा समेत प्रदान गर्न भएको छ । जसमा ग्राहकले पाँच लाख रुपैयाँसम्मको दुर्घटना बीमा, १ लाख रुपैयाँसम्मको अस्पताल भर्ना खर्च र ५ हजार रुपैयाँ सम्मको औषधी खर्च निःशुल्क प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।बैंक धाउनु नपर्ने गरि इलेक्ट्रोनिक माध्यम बाटै बैंक खाता सञ्चालन गर्न ग्राहकवर्गलाई प्रोत्साहित गर्ने उद्देश्यले बैंकले स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको हो ।

बैंकको उक्त खाता मार्फत विभिन्न स्मार्ट सुविधाहरु निःशुल्क प्राप्त गर्दै आइरहेका ग्राहकले खातामा न्युनतम ५ हजार रुपैयाँ बचत गरी ६ प्रतिशत ब्याज प्राप्त गर्न सकिने छ ।

स्मार्ट सुविधा अन्तर्गत ग्राहकहरुले ईन्टरनेट बैकिङ्ग सुविधा, एमबिएल मोबाइल मनी, डेबिट कार्ड, क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर सुविधा, सि(आश्वा सुविधा, अन्तर शाखा कारोबार सुबिधा निःशुल्क तथा लकर सुबिधामा समेत ५० प्रतिशत छुट प्राप्त गरिरहेका छन् ।

देशभर ८६ वटा एटीएम संचालन गरेको बैंकले हाल ६४ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १९ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ८५ स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS