IME Life New

माछापुच्छ्रे बैंकका ग्राहकहरुले दुई हस्पिटलको सेवामा विशेष छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकहरुले चिरायु नेशनल हस्पिटल र भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरको सेवामा विशेष छुट पाउने भएका छन् । बैंकले यी दुई हस्पिटलको सेवामा आफ्ना ग्राहकहरुलाई छुट दिनका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

सम्झौता पश्चात बैंकका ग्राहकले भक्तपुरमा अवस्थित भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरले प्रदान गर्ने मुटु, डायवेटिक तथा अन्य रोग सम्बन्धि सुविधा लिदाँ १० प्रतिशत देखि २० प्रतिशत सम्म छुट प्राप्त गर्ने तथा काठमाण्डौँको वसुन्धारामा अवस्थित चिरायु नेसनल हस्पिटलले प्रदान गर्ने विभिन्न सेवामा ५ प्रतिशत देखि १० प्रतिशत सम्म छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

Esewa
Crest

बैंकका अनुसार भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरले डाक्टर परार्मश, फार्मेसी, प्याथोलोजि ल्याब, इसीजि, इको, क्ष्एमटी र यूएसजी डिजिटल एक्सरे, दन्तसेवा लगायतका अन्य सेवाहरुको शुल्कमा उक्त छुट प्रदान गर्नेछ ।

त्यस्तै, चिरायु नेसनल अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरु वेड, एम्बुलेन्स, औषधी तथा डाइगोनिष्टिक सेवाहरुको शुल्कमा न्युनतम ५ प्रतिशतदेखि बढिमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट÷क्रेडिट कार्ड तथा क्युआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS