IME Life New

माछापुच्छ्रे बैंकका ग्राहकले फ्रन्टलाईन अस्पतालको सेवामा छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंक र फ्रन्टलाईन अस्पताल बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरूले फ्रन्टलाईन अस्पताल मार्फत स्वास्थ्य सम्बन्धी सुविधा लिदाँ बढिमा १३ प्रतिशतसम्म छुट पाउनेछन्।

बैंकका अनुसार फ्रन्टलाईन अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरु ओपिडि, वेड तथा सर्जरी, ल्याब, लगायतका अन्य सेवाहरुको शुल्कमा न्युनतम ५ प्रतिशत देखि बढिमा १३ प्रतिशत सम्म छुट प्राप्त गर्नेछन् । सो संस्थाले हाल पुरानो बानेश्वर, काठमाण्डौबाट सेवा प्रदान गर्दै आई रहेको छ । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/के्रडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

Esewa
Crest

बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०६ एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS