IME Life New

माछापुच्छ्रे कृति क्यापिटल १ अर्बको लगानी व्यवस्थापन गर्न सफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी माछापुच्छ्रे कृति क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत १ अर्बको लगानी व्यवस्थापन गर्न सफल भएको छ । यस अवसरमा कम्पनीले कम्पनीलाई बिश्वास गरी यस उचाइमा पु¥याउन सहयोग तथा साथ दिने सम्पुर्ण ग्राहकमहानुभावहरु, संस्थापक शेयरधनीहरु, नियामक निकायहरु तथा कर्मचारीहरु प्रति कृतज्ञता व्यक्त गरेको छ ।

माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डवाट अनुमति प्राप्त गरी बिगत आठ बर्ष देखि धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।

Esewa
Crest

यस लगानी व्यवस्थापन सेवा अन्तर्गत कम्पनीले स्वेच्छिक लगानी व्यवस्थापन सेवा र गैह्र स्वेच्छिक लगानी व्यवस्थापन सेवा तथा खरिद बिक्री सम्वन्धी परामर्श सेवा प्रदान गर्दै आएको छ । कम्पनीले प्रदान गर्ने यस सेवा सम्वन्धी थप जानकारी कम्पनीको वेभ साईट www.machcapital.com.np मा उपलव्ध रहेको समेत जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS