IME Life New

“महिला सशक्तिकरणमाः महालक्ष्मी लाइफ” कार्यक्रम देशैभर सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको “ महिला सशक्तिकरणमाः महालक्ष्मी लाईफ” गत हप्ता देशभर सम्पन्न भएको छ । समाजमा पिछडिएका र अवसर नपाएका महिलाहरुलाई बीमाको माध्यमले रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले संचालित यो कार्यक्रममा सहभागिता र आकर्षण बढ्दै गइरहेको छ ।

कम्पनीले पुष २२ गते जीतपुर-सिमरा नगरपालिकाको जीतपुरमा शुशिला लामाको अध्यक्षतामा संचालित कार्यक्रममा १४० जनाको सहभागिता रहेको थियो। प्रमुख अतिथि कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र प्रमुख बजार अधिकृत प्रशान्तराज धमलाले कार्यक्रम माथि प्रकाश पार्दै महिलालाई रोजगारीको लागि आवद्ध हुन आह्वान गरे ।

Esewa
Crest

कुमार बहादुर कार्कीले संचालन गरेको कार्यक्रममा क्षेत्रिय प्रमुख दिगम्बर प्रसाद, सुरेन्द्र कुश्वाहा र बसुन्धरा गैरेले मन्तव्य राखेका थिए ।
त्यस्तै पुष २३ गते रेनु कुमारी साहको अध्यक्षतामा हेटौडामा आयोजित कार्यक्रमका प्रमुख अतिथिको आसनबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले महिलाको समृद्धि बिना देश विकास नहुने भएकोले महिलाहरु अगाडी बढ्नु पर्ने धारणा व्यक्त गरे। कार्यक्रममा बजार प्रमुख प्रशान्त राज धमलाले महिला रोजगारीका विभिन्न अवसरहरुको बारेमा जानकारी गराए । महिला सशक्तिकरणका लागि बालकुमारी बल्लाकोटी, सन्ध्या पोखरेल, सविना न्यौपाने, सविता ढुंगाना र लक्ष्मी लामिछानेले आ-आफ्नो ठाँउबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा ११० जनाको सहभागिता रहेको थियो ।

तारकेश्वर नगरपालिका नेपालटारमा पनि पौष २३ गते कार्यक्रम सम्पन्न भएको छ । श्रीमती महारानी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले महिलालाई समाजमा सम्मानित अवस्थामा पुर्‍याउन यो कार्यक्रम निकै प्रभावकारी हुने विश्वास व्यक्त गरे । सन्तोष अधिकारीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य हरिहर कार्की र क्षेत्रिय प्रमुख राम प्रसाद भुसालले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा ९५ जनाको सहभागिता रहेको थियो ।

महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ कार्यक्रमलाई देश भरी अभियानको रुपमा संचालन गर्ने क्रममा उक्त कार्यक्रम जोशिपुर कैलाली, सुर्य विनायक भक्तपुर, पर्सा चितवन, गुलरिया बर्दियामा पनि व्यापक सहभागिताका विच सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS