IME Life New

महिन्द्रा ‘फाइभ डोर’ थारको सकिँदै प्रतीक्षा, यो दिन लन्च हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अफरोडिङका लागि परिचित महिन्द्रा थारको फाइभ डोर भएको एसयूभीको प्रतीक्षाको समय छिट्टै सकिँदैछ। महिन्द्रा थार फाइभ डोर अर्को महिना भारतको स्वतन्त्रता दिवस अर्थात १५ अगस्ट मा लन्च हुनेछ।

यो एसयूभी ‘थार आरओएक्सएक्स’ नामबाट आउनेछ। थार आरओएक्सएक्स मा सनरुफ प्राप्त गर्ने सम्भावना छ। यसबाहेक एडीएएस सुविधाहरु प्राप्त हुनेछन्।

Esewa
Crest

हालै लद्दाखमा सडक परीक्षणको क्रममा यो एसयूभी देखा परेको थियो। भारतको अग्रणी एसयूभी निर्माता महिन्द्रा एन्ड महिन्द्रा जुलाई २० मा आफ्नो नयाँ एसयूभीको ब्रान्ड नाम घोषणा गरेको थियो। जसको नाम महिन्द्रा ‘थार आरओएक्सएक्स’ हो।

अटोमोटिभ उद्योगमा नयाँ मापदण्ड स्थापित गर्न र प्रामाणिक एसयूभीको निर्माताका रुपमा परिचित महिन्द्राको भीआर पेस गरेको हो। यो एसयूभी परिष्कृतता, प्रदर्शन, उपस्थिति, सुरक्षा र प्रविधिको बेजोड मिश्रण प्रदान गर्न डिजाइन र इन्जिनियरिङ गरिएको छ। यसले थार ब्रान्डलाई अझ बलियो बनाउने र थारलाई ब्रान्डको हिस्सा बन्न सक्षम बनाउने कम्पनीको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS