IME Life New

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेका छन् ।

यस बैंकको तुल्सिपुर शाखाद्वारा बेलझुन्डी दाङमा अवस्थित नेपाल संस्कृत विश्वविद्यालयलाई ल्यापटप र प्रिन्टर हस्तान्तरण गरिएको छ । नेपालमा संस्कृत शिक्षालाई सर्वसुलभ, संस्कृत वाङ्मयभित्रका आध्यात्मिक मूल्य मान्यता तथा उदात्तभावलाई समयको माग अनुरुप प्रवाहित गराउने उद्देश्यले स्थापित उक्त विश्वविद्यालयको कार्य सञ्चालन तथा विश्वविद्यालयमा अध्ययनरत बालबालिकाहरुको शिक्षामा समेत थप टेवा पुगोस् भन्ने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको हो ।

Esewa
Crest

त्यस्तै बैंकको लालबन्दी शाखाले राधा कृष्ण मन्दिर भागवतधाम धर्मशालाको लागी आवश्यक टेबल र कुर्सी सहयोग प्रदान गरेको छ । धर्मशालामा अध्यनरत विद्यार्थीहरुको अध्यापनमा थप टेवा पुगोस् भन्ने हेतुले बैंकले उक्त सहयोग प्रदान गरेको हो ।

उल्लेखित कार्यक्रम सँगसगै बैंकको मनहरी शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत श्री राष्ट्रिय रोटरी माध्यमिक विद्यालयलाई ट्राफिक सचेतना सम्बन्धित होडिङ बोर्ड हस्तान्तरण गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु राजमार्गबाट आवतजावत गर्ने हुँदा दुर्घटनाको जोखिम न्यूनिकरण होस् भन्ने उद्देश्यले बैंकले उक्त होडिङ बोर्ड विद्यालयलाई प्रदान गरेको हो ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS