IME Life New

महालक्ष्मी विकास बैंकको नाफा ४४ प्रतिशतले बढ्यो, इपिएस २३ रुपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा गत आर्थिक वर्षको सोही अवधिमा ४४ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षमा ६६ करोड नाफा कमाएको थियो भने यस अवधिमा ९५ करोड १९ लाख नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद ब्याज आम्दानी १८ प्रतिशत र सञ्चालन नाफा ४५ प्रतिशत वृद्धि भएको छ। यस अवधिमा कम्पनीको वितरणयोग्य नाफा ५८ करोड ६१ लख रहेको छ।

Esewa
Crest

कम्पनीको चुक्ता पूँजी ४ अर्ब १ करोड रहेको छ भने गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले जगेडामा १ अर्ब ८२ करोड र रिटेण्ड अर्निङमा ५८ करोड ९३ लाख सञ्चित गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ७५ पैसा रहेकोमा गत आर्थिक वर्षमा बढेर २३ रुपैयाँ ७३ पैसा पुगेको हो । यस अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात १५ दशमलव ९३ गुणा ,तरलता अनुपात २८ दशमलव ७० प्रतिशत र प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ०९ पैसा रहेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS