IME Life New

महालक्ष्मी विकास बैंकका ग्राहकहरुले विभिन्न संस्थाको सेवामा विशेष छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट साथै कला क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले विशालनगर, काठमाडौंमा अवस्थित एरोगिन हेल्थ केयरका विभिन्न सेवाहरुमा पाँचदेखि अधिकतम ४५ प्रतिशत, इटहरी, सुनसरीमा अवस्थित होटल पाथिभरा इन्टरनेशनलका सेवाहरुमा १० प्रतिशत, मैतिदेवी काठमाडौंमा अवस्थित बुईगल लाउञ्ज एण्ड बारका सेवाहरुमा १५ प्रतिशत, लाजिम्पाट, काठमाडौंमा अवस्थित एलो हाईटीका सेवाहरुमा अधिकतम १० प्रतिशत, इटहरी ०६, सुनसरीमा अवस्थित बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनका सेवाहरुमा अधिकतम १० प्रतिशत र मैतिदेवी, काठमाडौंमा अवस्थित बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनका सेवाहरुमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।

Esewa
Crest

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS