IME Life New

महालक्ष्मी विकास बैंकका ग्राहकले थप ४ संस्थाको सेवामा छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकलाई छुट प्रदान गर्नका लागि रेष्टुरेन्ट तथा श्रृगारका क्षेत्रका संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार बैंकका ग्राहकहरुले बुढानिलकण्ठ काठमाडौंमा अवस्थित मेराकी होलिस्टिक वेलनेस रिट्रीटका सेवाहरुमा अधिकतम १५ प्रतिशत र जावलाखेल ललितपुरमा अवस्थित बर्गर श्याकका सेवाहरुमा अधिकतम १० प्रतिशत, बुटवल उपमहानगरपालिका अमरपथमा अवस्थित समृद्धि हेयर ड्रेसीङ सलुन एण्ड एकेडेमीका सेवाहरुमा अधिकतम २० प्रतिशत र भाटभटेनी टंगाल काठमाडौंमा अवस्थित छोटु युनिसेक्स सलुन प्रालिका सेवाहरुमा २० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।

Esewa
Crest

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS