IME Life New

महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई गाभ्ने तयारीमा रहेको प्रभु लाइफले कस्तो पायो रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रेटिङ एजेन्सी इक्रा नेपालले प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड लाई ‘वाच विथ डेभलपिङ’ मा प्राथमिक शेयर निष्काशकको रेटिङ दिएको छ । जारीकर्ता रेटिङ डबल बी प्लस द्वारा संकेत गरिए अनुसार यो मूल्याङ्कन प्राप्त गर्ने शेयर निष्काशकहरू वित्तीय दायित्वहरूको समयमै सेवा गर्ने सन्दर्भमा मध्यम जोखिम मानिन्छ।

‘रेटिङ वाच विद डेभलपिङ इम्प्लिकेसन’ ले मुख्यतया अपेक्षाकृत मध्यम वित्तीय प्रोफाइल भएको महालक्ष्मी लाइफ इन्स्योरेन्ससँगको प्रस्तावित मर्जरलाई फ्याक्टर गरिरहेको छ ।

Esewa
Crest

प्रभु लाइफको शाखा संजाल मंसिर २०७८ सम्ममा देशभर १०० वटा रहेकोमा अझैं अगाडि बढ्ने अपेक्षा गरिएको छ। प्रस्तावित मर्जर पछि शाखा संजाल र अभिकर्ता संजाल दुबै मजबुत हुने अपेक्षा छ ।
यद्यपि, प्रभु लाईफ र महालक्ष्मी लाईफाको छोटो संचालन पृष्ठभूमीका कारण यो मूल्यांकनमा केही सीमितता रहेको छ । प्रभु लाइफको सोल्भेन्सी अनुपात १.६ गुणा रहेको छ । मर्जर प्रकृयालाई समयमै टुंगोमा पु¥याउन सक्ने क्षमता, उपलब्ध छुट सुविधाहरुको उपयोग, मर्जरपछिको एकीकृत कारोबारमा दुबै कम्पनीको प्रवद्र्धक र कर्मचारीबीचको तालमेलको अवस्थाले समेत मूल्यांकनलाई प्रभावित पार्नेछ ।
यसबाहेक, मर्ज गरिएको संस्थाको क्षमतालाई एकीकरण गरेर व्यापार बढाउने, सोल्भेन्सी मार्जिन कायम राख्ने, र पर्याप्त मात्रामा प्रतिफल हासिल गर्ने क्षमता मूल्यांकनको निरन्तरताको क्रममा चासोको रुपमा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS