IME Life New

महालक्ष्मी बैंकका ग्राहकलाई विभिन्न स्वास्थ्य संस्थामा १५ प्रतिशतसम्म छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले ललितपुरको सानेपास्थित स्टार हस्पिटल लिमिटेड र काठमाण्डौको नयाँ बानेश्वरस्थित अल्फा केयर प्रालिसँग सम्झौता गरेको छ।

सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका ग्राहकले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्। बैंकका ग्राहकहरुले स्टार हस्पिटलका सेवाहरुमा अधिकतम १५ प्रतिशत र अल्फा केयरका सेवाहरुमा अधिकतम १५ प्रतिशको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
यस किसिमको सहकार्यबाट स्वास्थ्य उपचारमा ग्राहकहरुको पहुँच बढ्नुका साथै सहज र सुलभ स्वास्थ्य उपचारबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

Esewa
Crest

“सबल बैंक, सफल सहकार्य”को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैंकले डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS